सीबीआईले यूएईबाट भगौड़ा हर्षित बाबूलाल जैनको प्रत्यर्पण गरायो
सीबी


नयाँ दिल्ली, 05 सेप्टेम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले शुक्रवार संयुक्त अरब अमीरातबाट कर चोरी, अवैध जुआ र मनी लन्ड्रिङ मामिलामा वाञ्छित भगौड़ा हर्षित बाबूलाल जैनको प्रत्यर्पण गराएको छ। आज जैनलाई अहमदाबाद अन्तरराष्ट्रिय हवाई अड्डामा गुजरात पुलिसलाई सुम्पियो। यस पूरा प्रक्रियामा सीबीआईले गुजरात पुलिस, विदेश मन्त्रालय र गृह मन्त्रालयको साथ मिलेर काम गऱ्यो।

सीबीआई अनुसार, गुजरात पुलिसले लामो समयदेखि जैनलाई खोजीरहेको थियो। यही अन्तर्गत सीबीआईले 09 अगस्त 2023 मा इन्टरपोलको माध्यमले उ विरूद्ध रेड नोटिस जारी गराएको थियो। रेड नोटिस जारी भएपछि जैनलाई संयुक्त अरब अमीरातबाट निर्वासित गरियो र भारत ल्याइयो।

सीबीआई भारतमा इन्टरपोलको राष्ट्रिय केन्द्रिय ब्यूरो (एनसीबी) को रूपमा काम गर्दछ अर्थात् इन्टरपोलबाट आउने सबै अनुरोधहरू र सूचनाहरूको समन्वय सीबीआईले नै गर्दछ र त्यसलाई देशका एजेन्सीहरूसम्म पुऱ्याउँदछ। सीबीआई अनुसार, गत केही वर्षमा इन्टरपोल च्यानलहरूको माध्यमले 100 भन्दा अधिक वाञ्छित अपराधीहरूलाई भारत ल्याइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande