शिक्षकले नानीहरूमा गरिमा र सुरक्षाको भावना जगाउँछन्- राष्ट्रपति
राष्ट्र


नयाँ दिल्ली, 05 सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले शिक्षक दिवसमा शुक्रवार नयाँ दिल्लीमा आयोजित समारोहमा शिक्षकहरूलाई राष्ट्रिय पुरस्कार प्रदान गरिन्। राष्ट्रपतिले चयनित पुरस्कार विजेताहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार-2025 प्रदान गरिन्।

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा भनिन्, भोजन, वस्त्र र आवास सरह शिक्षा पनि व्यक्तिको गरिमा र सुरक्षाको निम्ति अनिवार्य छ। संवेदनशील शिक्षकले नानीहरूमा गरिमा र सुरक्षाको भावना जगाउने काम गर्छन्। शिक्षकहरूका लागि सबैभन्दा ठूलो पुरस्कार यही हो कि उनीहरूका विद्यार्थीले जीवनभरि उनलाई याद राखुन् तथा परिवार, समाज र देशको निम्ति सराहनीय योगदान दिउन्।

उनले बालिका शिक्षालाई महिला-नेतृत्व विकासलाई प्रोत्साहित गर्ने दिशामा महत्वपूर्ण कदम बताइन्। उनले भनिन्, शिक्षकहरूले यसलाई आफ्नो जिम्मेवारी बनाउनुपर्छ। बालिकाहरूको शिक्षालाई सर्वाधिक महत्व दिइनुपर्छ। छोरीहरूको शिक्षामा निवेश गरी हामीले आफ्नो परिवार, समाज र राष्ट्रको निर्माणमा अमूल्य निवेश गर्छौं।

राष्ट्रपति मुर्मूले यसमाथि खुशी व्यक्त गरिन् कि पुरस्कार प्राप्त गर्ने शिक्षकहरूमा शहरी क्षेत्रहरूका शिक्षकहरूको तुलनामा ग्रामीण क्षेत्रहरूका अशिक्षक अधिक छन्। उनले भनिन्, राष्ट्रिय शिक्षा नीतिको उद्देश्य भारतलाई ‘ग्लोबल नलेज सुपरपावर’ बनाउनु हो। यसको निम्ति हाम्रा शिक्षकहरूको पहिचान विश्वको सर्वश्रेष्ठ शिक्षकहरूको रूपमा हुनु अनिवार्य छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande