जांजगीर चाम्पा, 07 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को जांजगीर चाम्पा जिल्लाको नैलामा हिजो अबेर राति एक मल व्यापारीबाट 8 लाख रूपियाँभऩ्दा अधिकको लूटको घटना घट्यो। घटना नैला चोकी क्षेत्रको बालाजी लज नजिक भएको हो, जहाँ अनुहार ढाकेका दुई जना बदमाशहरूले व्यापारीलाई तल लड़ाए औं पेस्तोलको बुतामा लाखौं रूपियाँ भरेको ब्याग लिएर भागे।
पुलिसबाट प्राप्त जानकारी अनुसार, व्यापारी अरूण अग्रवाल शनिवार अबेर राति आफ्नो स्कूटीमा घर फर्किरहेका थिए, सोही समय जब बालाजी लज निकट बाइक सवार अनुहार ढाकेका दुई जना बदमाशहरूले उनलाई तल लड़ाए औं पस्तोलको बुतामा ब्याग लिएर भागे। ब्यागमा 8 लाखभन्दा अधिक रूपियाँ थियो। सूचना पाउनसाथ एसपी विजय कुमार पाण्डेय, एडिशनल एसपी उमेश कश्यप र कोतवाली थाना प्रभारी घटनास्थलमा पुगे औं जाँच शुरू गरे। पुलिसले क्षेत्रमा घेराबन्दी गरी बदमाशहरूलाई खोज्नु शुरू गरेको छ। पुलिसले सीसीटीवी फुटेजको जाँच गरिरहेको छ र व्यापारीद्वारा दिइएको विवरणको आधारमा बदमाशहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी