बाँसको झ्यांगमा युवकको शव भेटियो
बाँसको झ्यांगमा युवकको शव भेटियो


सिलगढ़ी, 07 सेप्टेम्बर (हि. स.)। एकजना युवकको बाँसको झ्यांगमा झुण्डिरहेको शव भेटिएको छ। घटना आइतवार सिलगढ़ी महकुमाको फाँसीदेवा थाना अन्तर्गत तावाजोत क्षेत्रमा भएको हो। मृतक युवकको नाम शान्ति हलदार हो।

स्थानीय सूत्र अनुसार युवक बिहान काममा जानको लागि घरबाट हिँड़ेको थियो। केही समयपछि घरदेखि केटी टाड़ामा रहेको बाँसको झ्यांगमा युवकको झुण्डिरहेको शव भेटियो। घटनाको शबर पाउनसाथ परिवारका सदस्यहरू घटनास्थलमा पुगे। पछि फाँसीदेवा थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्न उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। फाँसीदेवा थानाको पुलिसले घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande