कंग्रेसले बाढ़ीमा डुबेको फसलहरूको लागि क्षतिपूरणको माग गऱ्यो
कंग्रेसले बाढ़ीमा डुबेको फसलहरूको लागि क्षतिपूरणको माग गऱ्यो


नयाँ दिल्ली, 7 सेप्टेम्बर (हि.स.)। दिल्ली प्रदेश कंग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादवले माग गरे, दिल्लीका लगभग 50 वटा गाउँका किसानहरू जसको खड़ी फसल बाढ़ीको पानीमा डुबेको कारणले ठूलो नोक्सान भएको छ-लाई प्रति एकड़ एक लाख रुपियाँ आर्थिक क्षतिपूरण दिनुपर्छ। आर्थिक संकट झेलिरहेका अधिकांश किसानहरूले ऋण लिएर आफ्नो भूमिमा खेती गरी आफ्नो परिवारको पालन-पोषण गर्दछन्, बाढ़ीको कारणले भएको नोक्सानपछि किसानहरू समक्ष गम्भीर आर्थिक संकट उत्पन्न भएको छ।

देवेन्द्र यादवले आइतवार एक विज्ञप्ति जारी गरी भने, भाजपा सरकारको निष्क्रियताको कारणले यमुनामा हाथिनीकुण्ड ब्यारेडबाट बढ़ी मात्रामा छोड़िएको पानी तथा लगातार वर्षाको कारणले तल्लो तटीय क्षेत्रहरूमा पानी भरियो जसले गर्दा व्यापक क्षति भएको छ।

उनले भने, कंग्रेस सत्तामा हुँदा वर्षा, बाढ़ी वा असिना पानीले फसलाई नोक्सान पुऱ्याए किसानहरूलाई 25-50 हजार रुपियाँ प्रतिएकड़सम्म तत्काल वित्तीय सहायता प्रदान गरिन्थ्यो। तर दुर्भाग्यवश केजरीवाल सरकारले एघार वर्षभन्दा अधिक समयसम्म किसानहरूलाई पूर्ण रूपले उपेक्षा गऱ्यो अनि अहिले वर्तमान भाजपाको सरकार किसानहरूको फसल पानीमा डुबेर भएको क्षतिलाई अदेखा गर्दै किसानहरूको लागि त्यही रणनीति अप्नाइरहेको छ।

देवेन्द्र यादवले भने, पल्ला, हिरंकी, बक्तावरपुर, सोनारपुर, तिजीपुर, जगतपुर औ बुराड़ी सहित दिल्लीका लगभग 50 वटा गाउँहरूका कृषिभूमि पानीमा पूर्ण रूपले डुबेको छ जसबाट हजारौं ग्रामीणहरूमा भारी आर्थिक संकटपछि अनिश्चितता उत्पन्न भएको छ, किनभने उनीहरूको सम्पूर्ण परिवारको आजीविका पूर्ण रूपले कृषि उत्पादमाथि निर्भर थियो। किसानहरूको नोक्सानमाथि न त दिल्लीका कुनै मन्त्री न कुनै अधिकारीहरूले नोक्सानको मूल्यांकन गर्नको लागि उनीहरूसित अहिलेसम्म भेट गरेका छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande