नयाँ दिल्ली, 7 सेप्टेम्बर (हि.स.)। दिल्लीका खाद्य एवं आपूर्ति मन्त्री मनजिन्दर सिंह सिरसा ले आइतवार राष्ट्रिय खाद्य सुरक्षा अधिनियम (एनएफएसए) अन्तर्गत राशन वितरणको स्थितिको समीक्षा गरे। उनले बताए, एनएफएसए अन्तर्गत सेप्टेम्बर महिनाको राशन लाभार्थीहरूलाई निःशुल्क उपलब्ध गराइँदैछ जसमा वान नेशनवान राशन कार्ड (ओएनओआरसी) योजना अन्तर्गत पात्र प्रवासी लाभार्थीहरू पनि सामेल छन्।
अधिकारीहरूले मन्त्रीलाई बताए, आजसम्म सेप्टेम्बरको राशन कोटाको लगभग57 प्रतिशत वितरण भइसकेको छ साथै ओएनओआरसी अन्तर्गत अहिलेसम्ममा सेप्टेम्बर महिनामा 1,45,610 प्रवासी लाभार्थीहरूले आफ्नो राशन प्राप्त गरेका छन्। मनसूनको मौसममा पनि राशन वितरण प्रक्रिया सुचारू रूपमा संचालन भइरहेको छ।
खाद्य एवं आपूर्ति विभागले 72,77,975 एनएफएसए लाभार्थीहरूलाई राशनमा गौं, चामल र चीनी उपलब्ध गराउँदै आइरहेको छ जसमा प्राथमिकतामा रहेको परिवार(पीआर/पीआरएस) र अन्त्योदय अन्न योजना (एएवाई) श्रेणी भारत सरकारको आवन्टन अनुसार सामेल छ।
मन्त्रीले अधिकारीहरूलाई निर्देश दिए, उचित मूल्यका पसलहरू बाहिर प्रदर्शन बोर्डको माध्यमबाट अऩिवार्य जानकारी प्रदर्शन गरियोस् जसमा सतर्कता कमिटीको वितरण, श्रेणीगत पात्रता, स्टकको स्थिति, लाभार्थीहरूको संख्या, हेल्पलाइन नम्बर र अन्य सामेल छन्।
यस अतिरिक्त मन्त्री सिरसाले अधिकारीहरूला यो पनि निर्देश दिए, ओएनओआरसी योजना अन्तर्गत पात्रताको जानकारी प्रमुखताले देखाइयोस्। मन्त्रीले अझ भने, सरकारको समन्वित प्रयास चुनौतीपूर्ण मौसमको स्थितिमा नागरिकहरूलाई सहायता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। हामीसित भोजनलाई आवश्यकता अनुसार पुऱ्याउनको लागि पर्याप्त व्यवस्थाहरू छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा