कन्नौजः सपाले पछौटे एवं अल्पसंख्यकहरूको भयानक शोषण गरेको ओमप्रकाश राजभरको आरोप
कन्नौजः सपाले पछौटे एवं अल्पसंख्यकहरूको भयानक शोषण गरेको ओमप्रकाश राजभरको आरोप


कन्नौज, 07 सेप्टेम्बर (हि.स.)। छिबरामऊ पुगेका सुहलदेव भारतीय समाज पार्टीका अध्यक्ष एवं उत्तर प्रदेश सरकारका क्याबिनेट मन्त्री ओम प्रकाश राजभरले मीडियासित बातचित गर्दै समाजवादी पार्टी (सपा)-लाई लक्षित गरे। उनले भने, सपाले पछौटे एवं अल्पसंख्यकहरूलाई भयानक शोषण गर्छ र उनीहरूलाई भोटसम्म मात्र सीमित राख्दछ।

लखनऊदेखि एटा जाने क्रममा मन्त्री ओपी राजभर छिबरामऊको गणेश चौधरी टोलस्थित सुरजीत फौजीको घरमा पुगे। यहाँ केही क्षण बसेपछि उनले पत्रकारहरूसित बातचित गरे। यस अवधि उनले सपामाथि लक्षित गर्दै भने, दलित, अति पछौटे र मुसलमानहरूलाई सपाले दबाएर राख्छ।

डर देखाएर उनीहरूबाट भोट त लिन्छ, तर कहिल्यै उनीहरूको जातिका मानिसहरूलाई नेतृत्व गर्ने मौका दिँदैन। सपामा एउटा मात्र जातिका मानिसहरूले नेतृत्व गर्छन् जबकि सपालाई भोट बंजारा, पाल, पासी, मुसलमान समेत केही जातीहरूले नै गर्दछन्। यदि सपाले यिनीहरूमध्ये कसैलाई सीएम बनाउन सक्दैन भने डिप्टी सीएम नै बनाइदिए पनि हुन्छ।

ओपी राजभरले भने, हामी यी सबै जातिहरूको आवाज उठाउनको लागि हिँड़ेका हौं, किनभने यी तमाम यस्ता जातिहरू हुन जसको हरेक पार्लियामेन्टमा 30 हजरदेखि 01 लाखसम्म भोट हुन्छ, तर यिनीहरूको समाजको उत्थानको लागि कसैले ध्यान दिँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande