एसएससी परीक्षामा पेन विवाद, बारासात परीक्षा केन्द्रमा बबाल
एसएससी परीक्षामा पेन विवाद, बारासात परीक्षा केन्द्रमा बबाल


उत्तर 24 परगना, 07 सेप्टेम्बर (हि. स.)। एसएससीमा नियुक्ति प्रक्रियालाई लिएर अदालतले नयाँ शिराबाट परीक्षा आयोजना गर्ने निर्देश दिएको छ। सोही अनुरूप आइतवार अपरान्ह 12 बजेदेखि एसएससीको नवौं र दशौं स्तरको परीक्षा आयोजना भयो। नियम अनुसार परीक्षा प्रक्रियाको पालन नगरे उत्तर पत्र रद्द पनि हुनसक्छ।

यसैबीच बारासातको एक परीक्षा केन्द्रमा पेनलाई लिएर विवाद शुरू भयो। परीक्षार्थीहरूले आरोप लगाए, उनीहरूलाई आफ्नो व्यक्तिगत पेन प्रयोग गर्ने अनुमति दिइएन। यसको सट्टा परीक्षा केन्द्रमा यूज एण्ड थ्रो पेन दिइयो। तर त्यो पेनले सही ढंगमा लेखिरहेको थिएऩ जसबाट परीक्षार्थीहरूमा आक्रोश व्याप्त भयो।

स्मरण गराइन्छ, एसएससी नवौ-दशौं स्तरको परीक्षाको लागि मोठ 23 हजार 212 वटा रिक्त पद छ भने एघारौं र बाह्रौं स्तरको परीक्षा आगामी 14 सेप्टेम्बरमा हुनेछ जसमा 12 हजार 514 वटा रिक्त पद रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande