घनघोर वर्षाले प्रदेशमा पुऱ्याएको नोक्सानको जायजा लिन 9 सेप्टेम्बरमा प्रधानमन्त्री धर्मशालामा आउने
घनघोर वर्षाले प्रदेशमा पुऱ्याएको नोक्सानको जायजा लिन 9 सेप्टेम्बरमा प्रधानमन्त्री धर्मशालामा आउने


धर्मशाला, 07 सेप्टेम्बर (हि.स.)। भारी वर्षाले कांगड़ा, चम्बा सहित राज्यभरि नै पुऱ्याएको व्यापक नोक्सानको जायजा लिनका लागि देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 9 सेप्टेम्बरमा धर्मशालामा एक महत्वपूर्ण बैठक गर्नेछन्। प्रधानमन्त्रीको यस भ्रमणमा कांगड़ा, चम्बामा भएको नोक्सानको हवाई सर्वेक्षण कार्यक्रम पनि सामेल रहेको छ। त्यसपछि मोदी जम्मू तर्फ जानेछन् जहाँ वर्षाले पुऱ्याएको क्षय-क्षतिको जायजा लिनेछन्।

यता धर्मशालामा हुने महत्वपूर्ण बैठकको लागि जिल्ला एवं पुलिस प्रशासनले तयारी शुरू गरेको छ। भनिन्छ, प्रधानमन्त्री मोदी धर्मशाला आइपुगेपछि सर्किट हाउसमा केही क्षण बस्नेछन्। त्यसपछि वर्षाले पुऱ्याएको नोक्सानलाई लिएर राज्यका अधिकारीगण एवं पार्टी नेताहरूबाट जानकारी लिनेछन्। यस अवधि नेता प्रतिपक्ष जय राम ठाकुर सहित अन्य नेताहरूको बैठकमा उपस्थित रहने योजना छ। सरकारको पक्षबाट पनि प्रतिनिधि बैठकमा उपस्थित रहनेछन्।

प्रधानमन्त्रीको उक्त भ्रमणको पुष्टि गर्दै नेता प्रतिपक्ष जयराम ठाकुरले मीडियासित साझा गरेका छन्। उनले बताए, प्रधानमन्त्री आगामी 9 सेप्टेम्बरमा धर्मशालामा आइरहेका छन् जहाँ उनले एक महत्वपूर्ण बैठक आयोजना गरी राज्यमा घना वर्षा, बादल फाटेको, बाढ़ी एवं पैह्रोले पुऱ्याएको नोक्सानको जानकारी लिनका साथै चर्चा गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande