गोघाटमा तृणमूल नेताका पतिमाथि महिलासित अश्लील कृत्य गरेको आरोप
गोघाटमा तृणमूल नेताका पतिमाथि महिलासित अश्लील कृत्य गरेको आरोप


हुगली, 07 सेप्टेम्बर (हि. स.)। हुगली जिल्लाको गोघाट-2 ब्लकमा पञ्चायत समितिकी अध्यक्ष समिना बेगमका पति काजी अब्दुल मोनिरमाथि मातेको बेलामा एकजना महिलासित अश्लील व्यवहार गरेको आरोप लागेकोछ। घटनापछि क्षेत्रमा तनाउ फैलियो। स्थानीय मानिसहरूले राज्य सड़कलाई जाम गरेर आरोपीलाई पक्राउ गर्ने माग गरे।

सूत्र अनुसार मान्दारण गाउँकी एकजनामहिला टोटो मार्फत घर फर्किरहेकी थिई। सोही टोटोमा पञ्चायत समितिकी अध्यक्षका पति अब्दुल मोनीरपनि सवार भए। आरोप छ, उ मातेको थियो र गुड़िरहेको टोटोभित्रमा महिलासित अश्लील व्यवहार गर्नथाल्यो। विरोध गर्दा उसले अपमानजनक गाली गऱ्यो। महिलाले घरमा पुगेर परिवारलाई घटनाबारे बताइन्। त्यसपछि रात बढ़्नसाथ स्थिति उग्र भयो।

पीड़िताका छोराले आरोप लगाए, आमा घर फर्किरहेकी थिइन्, तृणमूल नेताले उनीसित दुर्व्यवहार गऱ्यो। आरोपीलाई तुरून्त पक्राउ गरियोस्। यस घटनामा राजनीति पनि गर्मिएको छ। स्थानीय भाजपा नेताहरूले भने, तृणमूलको संस्कृति नै यही हो। राज्यमा महिलाहरू सुरक्षित छैनन्।

यतागोघाट-2 ब्लक तृणमूल अध्यक्ष सौमेन दिगारले भने, मलाई यस बारेमा मीडियाबाट जानकारी प्राप्त भएको छ। पुलिस जाँचमा यदि कसैलाई दोषी पाइयो भनेउसलाई छोड़िनेछैन। हामी उच्च नेतृत्वलाई यसको जानकारी दिनेछौं।

यसरी नै पञ्चायत समिति अध्यक्ष समिना बेगमले आइतवार आफ्ना पतिमाथि लगाइएको आरोपलाई शिराबाटै खारेज गर्दै भनिन्, माकपा र भाजपाको मिलोमतोमा उनको पतिलाई फसाउने षड़यन्त्र चरिरहेको छ। गोघाटमा तृणमूल नेताका पतिमाथि महिलासित अश्लील कृत्य गरेको आरोप

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande