होजाई (असम), 7 सेप्टेम्बर (हि.स.)। होजाई जिल्लको लंकाबाट पुलिसले ठगीको आरोपमा दुईजना चतुर ठगहरूलाई पक्राउ गरेको छ।
पुलिसले आइतवार बतायो, गुप्त सूचनाको आधारमा लामडिंग सम जिल्ला पुलिस अधीक्षकको नेतृत्वमा संचालित अभियानमा भारतीय सेना, सीआरपीएफ औ सशस्त्र सीमा बलमा नोकरी दिलाइदिने नाममा मानिसहरूबाट लाखौं रुपियाँ ठगेको आरोपमा उत्तर प्रदेश निवासी राहुल सिंह र सुरेश भाटिया नामक दुई ठगलाई पक्राउ गरियो।
दुवैलाई मयूर होटलको 105 नम्बर कोठाबाट पक्राउ गरिएको हो। पक्रा पर्ने आरोपीहरूबाट प्रचुर मात्रा नक्कली सील मोहर, तीनवटा मोबाइल फोन सहित केही आपत्तिजनक दस्तावेज जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा मानिसहरूद्वारा दर्ता गरिएको सिकायतको आधारमा पक्राउ दुवै ठगसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा