सिलचरमा दुई नक्कली दन्त चिकित्सक पक्राउ
सिलचरमा दुई नक्कली दन्त चिकित्सक पक्राउ


सिलचर (असम), 07 सेप्टेम्बर (हि.स.)। इण्डियन डेन्टल एसोसिएशन, असम राज्य शाखाका डा. प्रदीप कृष्ण दासद्वारा दर्ता सिकायतको आधारमा पुलिसले सिलचर शहरका दुई वटा दन्त चिकित्सालयमा छापा मारेर दुईजना नक्कली चिकित्सकहरूलाई पक्राउ गरेको छ।

गत 2सेप्टेम्बरको सिकायतमा अवैध रूपमा दन्त चिकित्सकहरूको रूपमा कार्य गरिरहेका अयोग्य व्यक्तिहरूको बढ़्दो संख्यालाई लिएर चिन्ताव्यक्त गरिएको थियो। त्यसपछि सम्भावित नक्कली डाक्टरहरूको सूची तयार गरी जाँच गरियो।

पुलिस टीमले तारापुर इण्डिया क्लब मस्जिद कम्प्लेक्सस्थित हजारी डेन्टल क्लिनिक औ मजुमदार डेन्टल क्लिनिकमा छापा मारेर रोगीहरूको उपचार गरिरहेका कमरूल इस्लाम हजारी (50) निवासी मधुबन तथा टिंकू मजुमदार (53), निवासी मालुग्राम शिवबाड़ी रोडलाई पक्राउ गऱ्यो। यस अवधि पुलिसले कमरूल इस्लाम हजारीको नाम र झूटो शैक्षणिक योग्यता भएको एकजना डाक्टरको प्याड पनि जफत गऱ्यो। मामिलामा अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande