उत्तर प्रदेश, 7 सेप्टेम्बर , जौनपुर(हि.स.)। नगरको एक लनमा आयोजित भाजपा एवं कायस्थ महासभाको एक कार्यक्रममा सामेल हुन आएका पूर्व स्वास्थ्य मन्त्री सिद्धार्थनाथ सिंहले पत्रकारहरूसित बातचित गर्दै भने, निषाद पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जय निषाद हाम्रो गठबन्धनको सशक्त स्तम्भ हुन्। उनले भनेका पनि छन् कि भाजपासित अन्तिम समयसम्म रहनेछ, उनीहरूलाई छोड़ेर जाने छुइऩँ, एउटा घरभित्र यदि विवाद भयो भने त्यसको समाधान गरिनेछ।
सिद्धार्थनाथ सिंहले भने, अखिलेशलाई ट्र्म्पको जस्तै रिस किन उठेको। हिजोआज उनले सरकारमाथि आक्रोश व्यक्त गर्छन्, विपक्षका नेताको रूपमा यसो गर्न सकिन्छ। तर सरकारले राम्रो काम गरिरहेको छ जसलाई सबैले स्वागत गरिरहेका छन् भने पनि उनलाई रिस उठ्छ। जीएसटीलाई लिएर पनि उनले दोष देखाउन थाले, विदेश नीतिमाथि पनि रोष व्यक्त गरे, अब हालैमा अधिकारीहरूमाथि पनि रोष व्यक्त गरिरहेका छन्। पत्रकारहरूको विषयमा पनि मैले उनको बारेमा पढ़ेको छु, म यति मात्र भन्छु कि अखिलेश यतिधेरै नरिसाउनुहोस्। स्वास्थ्यको लागि राम्रो होइन। म कुनै पनि अधिकारीको नाम उच्चारण गर्न चाहंदिन्, न त उनीहरूलाई सपोर्ट गरिरहेको छु न उनीहरूको डिफेण्ड नै गरिरहेको छु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा