बंगालमा एसएससी परीक्षा दिन पुगे यूपी-बिहार-झारखण्डका उम्मेद्वार, रोजगार संकटमाथि गर्मियो राजनीति
बंगालमा एसएससी परीक्षा दिन पुगे यूपी-बिहार-झारखण्डका उम्मेद्वार, रोजगार संकटमाथि गर्मियो राजनीति


आसनसोल, 07 सेप्टेम्बर (हि. स.)। आइतवार पश्चिम बंगाल स्कूल सर्भिस कमिशनद्वारा आयोजित परीक्षामा सामेल हुनका लागि बिहार, उत्तर प्रदेश रझारखण्ड जस्ता भाजपाशासित राज्यहरूबाट ठूलोसंख्यामा उम्मेद्वारहरू पुगे। आसनसोलका विभिन्न परीक्षा केन्द्रहरूमा ठूलो संख्यामा बंगालका उम्मेद्वारहरूसँगसँगै बाहिरबाट आएका परीक्षार्थीहरूको पनि भीड़ देखियो। यसमा कोही उत्तर प्रदेशको प्रयागराज र गाजीपुरबाट आएका थिए भने कोही झारखण्डको देवघरबाट। एकजना महिला आफ्नो आठ महिने शिशुलाई काखमा बोकेर परीक्षा केन्द्रमा आइपुगेकी थिइन्।

उत्तर प्रदेशबाट आएका एकजना उम्मेद्वारले भने, पहिलो पटक बंगालमा परीक्षा दिरहेको छु। मेरो विषय हिन्दी हो। त्यहाँ पनि परीक्षा दिरहेको छु र यहाँ पनि। जहाँ नोकरी पाउँछ त्यहीँ काम गर्छु। सन्तानलाई काखमा लिएर परीक्षा दिन आइपुगेकी पूजाले पनि भनिन्, बंगाल सरकारमाथि पूर्ण विश्वास छ। परीक्षा सही रूपमा भयो भने नोकरी अवश्य पाइनेछ।

उल्लेखनीय छ, हालैमा अन्य राज्यहरूमा बंगाली प्रवासी श्रमिकहरूको कथित उत्पीड़नलाई लिएर राजनीतिक खैलाबैला मच्चिएको थियो। विपक्षको आरोप छ, रोजगारको अभावमा बंगालबाट श्रमिकहरूलाई पेट भर्नको लागि बाहिर जान परिरहेको छ। तर बंगालमा नोकरी पाउने आशमा अन्य राज्यहरूबाट युवाहरू आउनाले राजनीतिक समीकरण परिवर्तन भएको देखिँदैछ।

यसबीच तृणमूल कंग्रेसका राज्य महासचिव कुणाल घोषले एक्समा लेखे, “बंगाल एसएससीको परीक्षा दिन आज योगीराज समेत डबल इञ्जनको सरकार भएका राज्यहरूबाट पनि उम्मेद्वारहरू आएका छन्। उनको भनाइ छ, त्यहाँ न त परीक्षा सही ढंगमा हुन्छ न नोकरी पाउँछ। कैयौ पटक परीक्षा स्थगित भइसकेको छ। त्यसैले उनीहरू यहाँ परीक्षा दिन आएका हुन्। के बुझ्ने? यहाँ कसैले यो भनेन, बंगालको नोकरीको पीरक्षा बंगालीहरूको लागि मात्र हो। कसैलाई रोकिएऩ, अपमान गरिएन। जय बंगला।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande