फिलीस्तीनको झण्डा फहराउनेहरूमाथि पुलिसले कारबाही गरोस्ः अश्विनी चौबे
फिलीस्तीनको झण्डा फहराउनेहरूमाथि पुलिसले कारबाही गरोस्ः अश्विनी चौबे


भागलपुर, 7 सेप्टेम्बर (हि.स.)। बिहारको भागलपुर स्टेशन चौकमा केही युवकहरूले फिलिस्तीनको झण्डा फहराएको, इजरायल मुर्दाबाद, फिलिस्तीन जिन्दाबादको नारा लगाउँदै गरेको भीडियो भाइरल भइरहेको छ। यस घटनाले राजनीतिक माहोल गर्मिएको छ।

पूर्व केन्द्रिय मन्त्री र भाजपाका वरिष्ठ नेता अश्विनी कुमार चौबेले यसलाई गम्भीर मामिला बताउँदै कड़ा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले भने, फिलिस्तीन र पाकिस्तान जस्ता देशहरूले आतंकवादीहरूलाई शरण दिरहेका छन्, त्यसैले यिनीहरूको समर्थनमा झण्डा फहराउनु र नाराबाजी गर्नु देशद्रोहको श्रेणीमा पर्छ। चौबेले माग गरे, प्रशासनले तुरून्त यस घटनामा सामेलयुवकहरूलाई चिन्हित गरी पक्राउ गरियोस् अनि कड़ाभन्दा कड़ा सजाय दिइयोस्। उनले यो पनि भने, यी युवकहरूको पछाड़ि रहेको संगठन वा मानिसहरूसम्म पनि पुलिस पुग्नुपर्छ अऩि कानूनी प्रक्रिया अऩुसार कारबाही गर्नुपर्छ।

अश्विनी चौबेले चेताउनी दिँदै भने, यस्त घटनाहरूले समाजमा तनाउ र वैमनस्य उत्पन्न गराउँछन्। उनले 1989 सालमा भागलपुरमा भएको साम्प्रदायिक दंगाको उल्लेख गर्दै भने, त्यसबेला पनि ठूलोसंख्यामा निर्दोष मानिसहरू मारिएका थिए जसको पूर्ण जिम्मेवारी कंग्रेस पार्टीमाथि थियो। उनले भने, आज फेरि एकपटक कंग्रेस र राजदले मिलेर बिहारको शान्ति अनि भाइचारालाई बिगार्ने षड़यन्त्र रचिरहेको छ, किनभने विधानसभा चुनाउ नजिकिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande