एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल: सीएपी अध्यक्ष
एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल: सीएपी अध्यक्ष


गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको एक समन्वय एवं सामेल कार्यक्रम आज नाम्चेबुङ निर्वाचन क्षेत्रको माङथाङमा सम्पन्न भयो। कार्यक्रममा सीएपी अध्यक्ष गणेश कुमार राई लगायत पार्टीका वरिष्ठ नेतृत्वहरू उपस्थित थिए। यस अवसरमा विभिन्न राजनीतिक पार्टीहरू त्यागेर 15 जना सीएपीमा सामेल भएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष राईले सीएपीमा सामेल हुन र आफ्नो अधिकारहरूको रक्षाको लागि अगाडि आउने अपील गरे। उनले वर्तमान एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न र आफ्ना वचनहरू पूरा गर्न विफल बनेको आरोप लगाए।

सीएपीले अन्याय र अप्रजातान्त्रिक प्रणाली विरुद्ध आवाज उठाइरहने आफ्नो प्रतिबद्धता दोहोऱ्याउॅंदै राज्यवासीहरूलाई न्याय, निष्पक्षता र मर्यादा प्रदान गर्न काम गरिरहने उनले बताए। उनले दिनदिनै पार्टीले आम जनताबाट समर्थन प्राप्त गरिरहेको दाबी गर्दै मानिसहरू एसकेएम सरकारको अन्यायको प्रतिरोध गर्न र सुधारवादी आन्दोलनलाई बलियो बनाउन एकजुट भइरहेको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande