धुबड़ी, 07 सेप्टेम्बर (हि.स.)। धुबड़ी जिल्लाको सदर पुलिसले चलाएको अभियानको क्रममा भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित एक तस्करलाई पक्राउ गरिएको छ।
पुलिसले आइतवार बताए अनुसार, गए राति धुबड़ी सदर थाना नगर प्रभारी माउति बसुमतारीको नेतृत्वमा चलाइएको अभियान अवधि धुबड़ी बस स्टेशनबाट भारी मात्रामा नशालु ट्याबलेट सहित एक तस्करलाई पक्राउ गरियो।
पक्रा परेका तस्करको नाम जियाउल हक बताइएको छ। आरोपी धुबड़ी जिल्लाको झागबार प्रथम खण्ड निवासी हुन्। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरेर सोधपुछ शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी