नयाँ दिल्ली, 7 सेप्टेम्बर (हि.स.)। उत्तरी-पश्चिम जिल्ला पुलिसको डीआईयू यूनिटले एकजना यस्तो चतुर उपद्रवीलाई पक्राउ गरेको छ जसले नामी ब्राण्ड्सको नक्कली कपड़ा, जुत्ता एवं एक्सेसरिज बनाएर त्यसलाई असलीको रूपमा बजारमा बेचिरहेको थियो। पक्रा पर्ने आरोपीको पहिचान शालीमार बाग निवासी मोहित सचदेवा (35)- को रूपमा भएको छ जसले डिज़ाइनर हुड नामक पसलबाट नक्कली सामानहरू बेच्ने धन्दा गरिरहेको थियो।
उत्तरी-पश्चिम जिल्लाका एडिशनल डीसीपी सिकन्दर सिंहले आइतवार बताए, छापामारी अवधि आरोपीको कब्जाबाट प्रचुर मात्रामा नक्कली ब्राण्डेड सामान जफत गरिएको छ। एडिनशनल डीसीपीले बताए, यस मामिलाको सिकायत नृपेन्द्र कश्यप निवासी निजामुद्दीन ईस्टले दर्ता गराएका थिए। सिकायतमा बताइएको थियो, आरोपीले नक्कली लेबल टाँसेर कपड़ा, जुत्ता, घड़ी एवं अन्य एक्सेसरीजलाई असली ब्राण्ड बताएर बेचिरहेको छ।
पुलिसले सिकायतकर्ताको बयानको आधारमा मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो। जाँचको क्रममा पुलिसले गुप्त सूचनाको आधारमा शालीमार बागस्थित पसलमा छापा माऱ्यो अनि आरोपीलाई ठाउँबाटै पक्राउ गऱ्यो। जाँचबुझमा आरोपीले स्वीकार गऱ्यो, उसले यो अवैध यूनिट स्वयं बनाएको थियो र लामो समयदेखिकै नक्कली ब्राण्डेड सामान बनाएर त्यसलाई असलीको रूपमा बजारमा बेच्दै आएको थियो। पुलिसले आरोपीविरूद्ध शालीमार बाग थानामा कपीराइट एक्ट तथा ट्रेडमार्क एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको छ। हाल पुलिस अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा