गाडीधुरा क्षेत्रलाई नशामुक्त बनाउन गाडीधुरा सुरक्षा समन्वय समिति गठन
गाडीधुरा क्षेत्रलाई नशामुक्त बनाउन गाडीधुरा सुरक्षा समन्वय समिति गठन


खरसाङ, 07 सेप्टेम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित गाडीधुरा नवदीप परिवारको तत्वावधानमा आज गाडीधुरा बजार सार्वजनिक भवनमा यस क्षेत्रका संघ-संस्थाहरू, शैक्षिक संस्थानका शिक्षक-शिक्षिका, स्वास्थ्य विभागका कर्मचारी, स्वनिर्भर दल, वन विभागका कर्मचारी, गाडीधुरा पुलिस आउट पोस्टका प्रभारी, गाडीधुरा क्षेत्रका ग्राम पञ्चायतगण, खरसाङ खण्ड पञ्चायत समितिका सदस्य साथै गाउॅंका विशिष्ट व्यक्तिको उपस्थितिमा एक जरूरी सभाको आयोजना गरियो।

सभा विशेषगरी हाल समाजमा देखिएका विभिन्न समस्याहरू जस्तै लागुपर्दाथ सेवन, बाल हिंसा, यौन शोषण जस्ता विषयलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो। सभामा उपस्थित सदस्यहरूले गहन चर्चा एवं छलफलपछि गाडीधुरालाई यस्ता प्रकोपहरूबाट सुरक्षित राख्ने उद्देश्यका साथ गाडीधुरा सुरक्षा समन्वय समिति गठन गरियो।

यस समितिले अब उसो गाडीधुरा क्षेत्रको सुरक्षाको निम्ति कार्य गर्ने साथै यस क्षेत्रलाई नशामुक्त बनाउन कार्य गर्ने प्रस्ताव पारित गरियो। आजको सभा गाडीधुरा नवदीप परिवारका सभापति गोबिन्द आचार्यको सभापतित्वमा सम्पन्न गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande