गुवाहाटीमा 'वृन्दावनी वस्त्र'-को लागि अत्याधुनिक संग्रहालय बनाउने योजना
गुवाहाटीमा 'वृन्दावनी वस्त्र'-को लागि अत्याधुनिक संग्रहालय बनाउने योजना


गुवाहाटी, 07 सेप्टेम्बर (हि.स.)। भगवान कृष्णको चित्रित जीवन प्रसंगसित सम्बन्धित दुर्लभ वृन्दावनी वस्त्र-लाई असममा प्रदर्शनको निम्ति ल्याइनेछ। 16औं शताब्दिमा महापुरूष श्रीमन्त शंकरदेवको मार्गदर्शनमा तयार पारिएको उक्त अनमोल रेशमी वस्त्र हाल लण्डनको ब्रिटिश संग्रहालय संरक्षित छ।

असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा र जेएसडब्ल्यू फाउण्डेशनकी प्रमुख संगीता जिन्दलबीच आइतवार गुवाहाटीमा वृन्दावनी वस्त्रलाई प्रदर्शन गर्नकोलागि विश्वस्तरीय संग्रहालय निर्माण गर्ने विषयमा विस्तृत चर्चा भयो। आगामी वर्ष 2027-मा यसलाई 18 महिनाको लागि असममा ल्याइनेछ।

मुख्यमन्त्री सरमाले यस अवसरमा यसलाई असमको सांस्कृतिक धरोहरको ऐतिहासिक कदम बताएका छन्। उनले भने, भगवान कृष्णको यस वस्त्रको लागि ब्रिटेन संग्रहालयका शर्तहरू अनुरूप नै गुवाहाटीमा एक अत्याधुनिक संग्रहालय निर्माण गरिनेछ।जेएसडब्ल्यू समूह कर्पाेरेट सामाजिक उत्तरदायित्व ( सीएसआर) पहल अन्तर्गत यस संग्रहालयलाई गुवाहाटीमा स्थापना गरिनेछ।

यस अतिरिक्त ब्रिटिश म्यूजियमले यसको एक उच्च-गुणस्तरीय डिजिटल प्रतिरूप पनि तयार गर्नेछ जसलाई फरवरी, 2026-मा श्रीमन्त शंकरदेव कलाक्षेत्रमा प्रदर्शन गरिनेछ साथै अनलाइन पनि उपलब्ध गराइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande