एसएससी परीक्षाः राज्य सरकार अलर्ट, कड़ा निर्देश लागू
एसएससी परीक्षाः राज्य सरकार अलर्ट, कड़ा निर्देश लागू


कोलकाता, 07 सेप्टेम्बर (हि. स.)। पश्चिम बंगालमा2016सालकोएसएससी भर्ती घोटालापछि कथित रूपमा पहिलो पटक आइतवार “स्वच्छ”एवंपारदर्शी परीक्षा आयोजना भइरहेको छ। यसपालि राज्य सरकार र स्कूल सर्भिस कमिशन (एसएससी)-लेपरीक्षाकोनिष्पक्षता सुनिश्चितगर्नको लागि व्यापक तयारी गरेको छ। मोठ 3 लाख 19 हजार 919 जना उम्मेद्वारहरू यस परीक्षामा सामेल भएका छन्।

गए शनिवारसाँझ चार बजे मुख्य सचिव मनोज पन्तले सबै जिल्लाधिकारी तथा पुलिस प्रशासनसित सचिवालयमा समीक्षा बैठक गरे। बठकमा परीक्षालाई सुचारू ढंगमा संचालन गर्नको लागि स्पष्ट दिशानिर्देश जारी गरियो। उनले भने, दिशानिर्देशलाई कड़ाईपूर्वक पालन गर्नुपर्छर सड़कदेखि परीक्षा केन्द्रसम्म प्रशासन सतर्क रहनेछ। आयोगका चेयरम्ान तथा स्कूल विभागीय वरिष्ठ अधिकारीहरू पनि बैठकमा उपस्थित थिए।

सूत्र अनुसार हरेक जिल्लामा अतिरिक्त जिल्लाधिकारीलाई परीक्षा संचालन गर्ने दायित्व दिइएको छ। परीक्षा केन्द्रहरूमा डिप्टी म्याजिस्ट्रेटलाई तैनाथ गरिएको छ। परिवहन विभागलाई बसहरूको संख्या बढ़ाउने निर्देश दिइएको छ भने रेलवेसित लोकल ट्रेनहरूको पर्याप्त व्यवस्था गर्ने अनुरोध गरिएको छ।

परीक्षार्थीहरूको सुविधाको लागि आइतवार 8 बजेदेखि एसएससीको कन्ट्रोल रूम खोलिसकिएको छ। सबै क्षेत्रीय कार्यालयहरूमा पनि यो व्यवस्था रहनेछ। शिक्षा विभागको पक्षबाट बिहान 10 बजेदेखि कन्ट्रोल रूमा संचालन गरिनेछ। शिक्षा मन्त्री ब्रात् बसुले एक्स ह्याण्डलबाट सन्देश जारी गरी सबै उम्मेद्वारहरूलाई शुभकामना दिँदै भने, 636 केन्द्रहरूमा सुरक्षा तथा पारदर्शिता सुनिश्चित गरिनेछ।

एसएससी चेयरम्यान सिद्धार्थ मजुमदारलेप्रेस कन्फ्रेन्समा बताए, परीक्षा अपरान्ह 12 बजेदेखि शुरू हुनेछ। उम्मेद्वारहरू बिहान 10 बजेदेखि प्रवेश गर्न सक्नेछन् भने अन्तिम समय11:45 बजेसम्म हुनेछ। प्रश्नपत्र 11:45 बजेवितरण गरिनेछ भने 12 बजेदेखि उत्तर लेख्न शुरू गर्नुपर्नेछ। सबै केन्द्रहरूमा मेटल डिटेक्टरको माध्यमबाट जाँच गरिनेछ। मोबाइल फोन, स्मार्ट वाच, क्यालकुलेटर, पारदर्शी नहुने पानीको बोतल वा पेन लैजाने अनुमति छैन। विशेष रूपमा सक्षम परीक्षार्थीहरूलाई 30 मिनटको अतिरिक्त समय दिइनेछ।

कमिशनले दाबी गऱ्यो, हरेक प्रश्नपत्रमा अलग सुरक्षा फिचर हुनेछ। एडमिट कार्डको स्क्यान व्यवस्था रहेको छ। परीक्षा समाप्त नहुञ्जेलसम्म कोही पनि बाहिर जान सक्दैन। पछिल्लो वर्ष 2016-मा ओएमआर शीटमाधाँधली भएको आरोप लागेको थियो, त्यसैले यसपालि उम्मेद्वारहरूको ओएमआरको कार्बन कपीलाई घर लैजाने अनुमति दिइएको छ। साथै प्यानल र लिस्ट एक वर्षसम्म मान्य रहनेछ जसलाई आवश्यकता परे छ महिनाको लागि बढ़ाउन सक्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande