लरेन्स ग्यांगका दुई हिस्ट्रीशीटर इनामी उपद्रवीलाई पुलिसले समात्यो
लरेन्स ग्यांगका दुई हिस्ट्रीशीटर इनामी उपद्रवीलाई पुलिसले समात्यो


बिकानेर, 7 सेप्टेम्बर (हि.स.)। लरेन्स ग्यांगका दुई उपद्रवीलाई पुलिसले पक्राउ गरेको छ। आरोपीहरूको पहिचान बज्जु निवासी श्रवण सिंह सोढ़ा, पुत्र लक्ष्मण सिंह र खाजुवाला निवासी राजेश तरड़, पुत्र रामेश्वरको रूपमा भएको छ। दुवैबाट पाँचवटा देशी पेस्तोल, एउटा म्यागजिन र 12 वटा जिउँदो कारतूस जफत गरिएको छ।

एएसपी सिटी साैरभ तिवाड़ी अनुसार दुवै उपद्रवी मुक्ताप्रसाद नगर थाना क्षेत्रस्थित एउटा कोठामा बसेका थिए। यी दुईविरूद्ध 25-25 वटा मुद्दा दर्ता छ। पुलिस अनुसार श्रवण सोढ़ा कुख्यात तस्कर हो जो गजनेर थाना क्षेत्रमा भएको कुटपिटको गम्भीर मामिलामा सूचीबद्ध छ भने राजेश खाजूवाला थानाको पनि भगौड़ा आरोपी थियो।

पुलिस अनुसार हाल यी दुई लरेन्स ग्यांगको सदस्य ह्यारी बक्सरको स्पर्कमा थिए। आरोपीहरू बिकानेर शहरमा ठूलो घटनालाई परिणाम दिन आएका थिए। तथापि पुलिसले अहिलेसम्म टारगेट एवं व्यापारीको नाम पत्तो लगाउन सकेको छैन। पुलिस अनुसार आरोपीहरूले टारगेटको नाम आज पाउने थिए। तर त्यस अगावै राती पुलिसले आरोपीहरूलाई समात्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande