बागपत, 07 सेप्टेम्बर (हि.स.)। बागपत जिल्लाको बिनोली पुलिसमाथि हिस्ट्रीशीटर बदमाशले साथीहरूको साथ मिलेर गालीबारी गरेको घटना अघि आएको छ। पुलिस चेकिङमा भएको यस घटनापछि पुलिसको जवाबी कारबाहीमा एक बदमाशलाई गोली लागेको छ जबकि दुई बदमाश भाग्नमा सफल भए। पुलिसले दुवैलाई खाजिरहेको छ।
घटना शनिवार अबेर रातिको हो। थाना बिनौली पुलिसले माखर पुलियामा चेकिङ गरिरहेको थियो। सोही अवधि बाइक सवार तीन बदमाश पुलिसलाई देख्नसाथ भाग्न थाले, पुलिसले रोक्दा उनीहरूले गोलीबारी शुरू गरे। पुलिसले पनि जवाबी कारबाही गऱ्यो। जवाबी कारबाहीमा राजा उर्फ सलमान पुत्र युसुफ निवासी नई बस्ती ग्राम र थाना सिंघावली अहीर जिल्ला बागपतलाई घाइते अवस्थामा पक्राउ गरिएको छ। उदेखि एक अवैध पेस्तोल, दुई जिउँदो र दुई खोखा कारतूस र एक बिना नम्बर प्लेटको बाइक एचएफ डीलक्स जफत गरिएको छ। उसका दुई साथी रातको अन्धकारमा भाग्न सफल रहे। फरार दुवै बदमाशलाई समाउन खोजी अभियान जारी छ।
बिनोली थान प्रभारी राकेश शर्माको भनाई छ, घाइते बदमाशलाई उपचारको निति अस्पतालमा भर्ती गराइएको छ। पक्रा परेको बदमाश राजा उर्फ सलमान थाना सिंघावली अहीर को हिस्ट्रीशीटर हो। यसमाथि आठभन्दा अधिक अभियोग दर्ता छ।
हिन्दुस्थान समाचार / भवानी थामी