प्राकृतिक आपदाको सबैले मिलेर सामना गर्नुपर्छ, सरकार पीड़ितहरूको साथमा छः सैनी
प्राकृतिक आपदाको सबैले मिलेर सामना गर्नुपर्छ, सरकार पीड़ितहरूको साथमा छः सैनी


-मुख्यमन्त्रीले फतेहाबादमा बाढ़ी प्रभावित क्षेत्रहरूको गरे दौड़ाह

फतेहाबाद, 7 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री नायब सिंह सैनीले भने, यसपालि घना वर्षाको कारणले राज्यमा व्यवस्था अव्यवस्थामा परिणत भएको छ। प्राकृतिक आपदाको अगाड़ि कसैको केही लग्दैन, मानिसहरूले धैर्य राखुन्, राज्य सरकार पूर्ण रूपले उनीहरूको साथमा छ। सीएम सैनीले आइतवार फतेहबाद जिल्लाको दौड़ा गरिन्। उनले टोहानाको बलियाला ह्याड र जाखलको चाँदपुरा ह्याडको निरीक्षण गरी अधिकारीहरूलाई आवश्यक निर्देश दिए।

स्मरण गराइन्छ, पछिल्लो केही दिनदेखिको फतेहबादको भनु, टोहाना, जाखल र कुला क्षेत्रमा रेकर्ड वर्षा भएको कारमले बाढ़ी जस्तै स्थितिको सामना गर्न परिरहेको छ। विशेष भुना शहरमा अहिले पनि मानिसहरूले जलभराउको सामना गरिरहेका छन्।

यस अवसरमा पत्रकारहरूसित बातचित गर्दै सीएम सैनीले भने, राज्यमा भारी वर्षा अनि बाढ़ीको कारणले लो लाइन एरिया पानीमा डुबेको छ। फतेहबाद, टोहाना, हिसार, हाँसीका प्रभावित क्षेत्रहरूको निरीक्षण गर्न आएको छु। मानिसहरूलाई भविष्यमा यस्तो संकटको सामना गर्न नपरोस्, यसको लागि अग्रिम समाधान निकालिनेछ।

प्रशासनको अव्यवस्थाको प्रश्नमा उनले भने, भारी वर्षामा व्यवस्था पनि अव्यवस्थामा परिणत हुन्छ। सरकारका मन्त्री, विधायक एवं अधिकारीहरू प्रभावित मानिसहरूको माझमा गइरहेका छन्। अधिकारीहरूले एक-एक पलको रिपोर्ट लिरहेका छन्। उनले भने, प्राकृतिक आपदाको हामी सबैले मिलेर सामना गर्नुपर्छ। सरकार मानिसहरूको साथमा छ।

एक प्रश्नमा सीएमले भने, वर्षा र बाढ़ीले किसानहरूलाई व्यापक क्षति पुऱ्याएको छ। यसको लागि सरकारले ई-क्षतिपूर्ति पोर्ट खोलेको छ जसमा अहिलेसम्ममा एकलाख 70 हजार एकड़मा रजिस्ट्रेशन भइसकेको छ। राज्य सरकार किसानहरूको क्षतिलाई पूर्ताल गर्ने काम गर्नेछ। कच्ची छत भएका घरहरूलाई पक्का बनाउनको लागि सरकारले 78.50 करोड़ रुपियाँ जारी गरेको छ।वर्षाद्वारा प्रभावित मानिसहरूको अन्य सहयोगको लागि सरकारद्वारा पैसा जारी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande