रायपुर, 7 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को राजधानी रायपुरमा गए अबेर राती गणेश विसर्जन अवधि खमतराई क्षेत्रस्थित शीतला तलाउमा डुबेर एकजना युवकको मृत्यु भयो। युवकको पहिचान राव सिंह भाटीको रूपम भएको छ जसको उमेर लगभग 22 वर्ष रहेको छ।
स्थानीय मानिसहरूले बताएका छन्, खमतराई क्षेत्रको गणेश उत्सव समितिका सदस्यहरू हिजो अबेर राती गणपति विसर्जनको लागि शीतला तलाउमा पुगेका थिए। यस अवधि राव सिंह भाटी तलाउभित्र पसे, तर पानीबाट बाहिर निक्लिएन। सबैले मिलेर तिनलाई खोज तलास गरे, तर असफल भए। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि गोताखोरहरूको सहयोगले युवकलाई खोज्न शुरू गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा