राजद-कंग्रेससित केही दिन सरकार चलाइयो, गड़बड़ी गर्नथालेपछि छुट्टियौंः नीतीश कुमार
राजद-कंग्रेससित केही दिन सरकार चलाइयो, गड़बड़ी गर्नथालेपछि छुट्टियौंः नीतीश कुमार


पटना, 07 सेप्टेम्बर (हि.स.)। बिहारका मुख्यमन्त्री नीतीश कुमार आइतवार सिवान जिल्लाको पचरूखी प्रखण्डको पपौर ग्राममा डीवीएस ग्लोबल स्कूल परिसरमा कार्यकर्ताहरूसित सम्वाद कार्यक्रममा सामेल भए। यस अवसरमा उनले केन्द्र अनि राज्य सरकारको पक्षबाट राज्यमा गराइरहेको विकास कार्यहरू बारे जानकारी गराए।

मुख्यमन्त्री नीतीश कुमारले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, पहिलाको सरकारले कुनै काम गरेन। पहिला अत्यन्तै दयनीय अवस्था थियो। केही दिनको लागि हामी उनीहरूसित थियौं। तर उनीहरूले गड़बड़ी गर्न थालेपछि हामी छुट्टियौं।

उनले भने, भारतीय जनता पार्टी (भाजपा) र जनता दल यूनाइटेड (जदयू)- को पुरानो सम्बन्ध छ। सँगै मिलेर राज्य र देशको विकासको लागि काम गरिरहेका छौं। हामी सदैव साथमा रहनेछौं। 24 नोभेम्बर, 2005-मा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग)-को सरकार बनेदेखि नै हामी बिहारको विकासमा लागिपरेका छौं। सबै क्षेत्रमा द्रूत गतिमा विकास भइरहेको छ। शुरूबाटै स्वास्थ्य र शिक्षाको क्षेत्रमा विशेष ध्यान दिइएको छ

मुख्यमन्त्री नीतीश कुमारले भने, हालैमा महिलाहरूको रोजगारको लागि नयाँ योजना 'मुख्यमन्त्री महिला रोजगार योजना' -लाई स्वीकृति दिइएको छ जसान्तर्गत हरेक घरकी महिलालाई रोजगार शुरू गर्नको लागि दश हजार रुपियाँ दिइनेछ जसको रोजगार राम्रो चल्छ उनीहरूलाई दुई लाख रुपियाँसम्मको अतिरिक्त सहायता पनि दिइनेछ। यो काम यसै सेप्टेम्बर महिनादेखि शुरू हुनेछ। यसको साथै बिहारमा नयाँ उद्योगको लागि निःशुल्क जमीन एवं विशेष सहायता दिइन्छ।

मुख्यमन्त्रीले भने, बिहारको विकासमा केन्द्र सरकारले पूर्ण सहयोग गरिरहेको छ। गतवर्ष 2024-मा केन्द्रिय बजेटमा बिहारलाई विशेष आर्थिक सहयोगको रूपमा सड़क, उद्योग, स्वास्थ्य, पर्यटन, बाढ़ी नियन्त्रणको लागि ठूलो धनराशि दिने घोषणा गरियो। यसको साथै फरवरी, 2025-को केन्द्रिय बजेटमा बिहारमा मखाना बोर्ड, एयरपोर्टको स्थापना, पश्चिमी कोसी नहरको लागि वित्तीय सहायता आदिको घोषणा गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande