शोणितपुर (असम), 7 सेप्टेम्बर (हि.स.)। शोणितपुर जिल्लाकोजामुगुरीहाटक्षेत्रमाकोवामारा-बडराचुक राष्ट्रिय राजमार्गमा भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने तीनजना गम्भीर रूपमा घाइते भए जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।
पुलिसले बतायो, आइतवार तेजपुरदेखि बिश्वनाथ चाराली तर्फ गइरहेको ट्रकले अर्को ट्रकलाई पछिबाट ठक्कर दियो जसले गर्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। तीनजना मानिसहरू गम्भीर रूपमा घाइते भए जसलाई उपचारको निम्ति तेजपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
दुर्घटनाकोखबर पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले दुर्घटनाग्रस्त दुवै ट्रकलाई जफत गरेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा