सपा मुखिया आगरा पुगे, कार्यक्रममा पुराना सहपाठीहरूसित गरे भेट
सपा मुखिया आगरा पुगे, कार्यक्रममा पुराना सहपाठीहरूसित गरे भेट


आगरा, 7 सेप्टेम्बर (हि.स.)। सपा मुखिया अखिलेश यादव गए शनिवार राती लगभग 8 बजे आगरा लखनऊ एक्सप्रेस वेे हुँदै सोझै होटल मुगल सेरटनमा पुगे जहाँ धौलपुर मिलिट्री स्कूलका पुराना सहपाठीहरूसित रियूनियन कार्यक्रम 'जोर्ज़ियन' -मा सामेल भए।

त्यसपछि आइतवार सपा अध्यक्ष अखिलेश यादव आगरा लखनऊ एक्सप्रेसवे भएर आगरा ताजगञ्जस्थित आईटीसी मुगल शेरेटनमा पुगे। यहाँ धौलपुर मिलिट्री स्कूलका आफूसित पढ़ेका, केही सीनियर एव जूनियर विद्यार्थीहरूसित मञ्च साझा गरेर लगभग अढ़ाई घण्टा उनीहरूसित बिताए। 115 जना पुराना विद्यार्थीहरूले कार्यक्रममा भाग लिए। राती लगभग 10:30 बजे सड़क मार्गबाट उनी इटावा तर्फ प्रस्थान भए।

अखिलेशलाई होटलमा आफ्ना पुराना साथीहरूसित कुराकानी गरेको देखियो। मञ्चमा उनीसित उनका पुराना साथीहरू पनि बसेका थिए। लञ्च हलमा सँगै भोजन गरेपछि अखिलेश इटावा तर्फ प्रस्थान भए। होटल बाहिर ठूलो संख्यामा उपस्थित पार्टी पदाधिकारी एवं कार्यकर्ताहरू अखिलेशसित भेट गर्नको लागि बसिरहे। सपाका महानगर अध्यक्ष वाजिद निसारले बताए, होटल मुगल शेरेटनदेखि पार्टी कार्यालय नजिक भएको कारणले राष्ट्रिय अध्यक्ष सपा कार्यालयमा पुग्ने सम्भावना थियो, तर रात धेरै भएकोले उनी सोझै गए। तथापि होटल बाहिर हामीले उनीसित भेट गऱ्यौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande