तीनधारे, 07 सेप्टेम्बर (हि.स.)। प्रत्येक वर्ष झैँ यस वर्ष पनि तीनधारेको गैरी गाउँस्थित गोदावरी सङ्घद्वारा मेधावी छात्र छात्राहरूलाई प्रोत्साहन दिन हेतु संघ भवनमा सम्वर्द्धना कार्यक्रम आयोजन गरियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व शिक्षक विक्रम मंगर उपस्थित रहेका थिए।
यस वर्ष मेधावी छात्र भास्कर उपाध्यायले स्नातक परीक्षामा 73 प्रतिशत अङ्क प्राप्त गरेर उत्तीर्ण भएकोमा उनलाई संघको तर्फबाट सम्वर्द्धना जनाइयो। उनलाई सभापतिद्वारा प्रशंसा पत्र अनि प्रमुख अतिथिको बाहुलीबाट खदा र माल्यार्पण साथै उपहार प्रदान गरियो। कार्यक्रममा उपस्थित सदस्यहरूले पनि भास्कर उपाद्ययलाई खदार्पण गरेर बधाई दिएका थिए।
कार्यक्रममा अरमान राईद्वारा गीत प्रस्तुत गरे भने स्मृति तामाङले नृत्य प्रस्तुत गरिन्। सभापतिले आफ्नो सम्भाषण राखेरपछि कार्यक्रमको समापन गरियो।
हिन्दुस्थान समाचार / हनोक