डेबरामा भाजपाको जनसभा, शुभेन्दु अधिकारीको हात समातेर भाजपामा सामेल भए अमल पाण्डा
डेबरामा भाजपाको जनसभा, शुभेन्दु अधिकारीको हात समातेर भाजपामा सामेल भए अमल पाण्डा


मेदिनीपुर, 10 जनवरी (हि.स.)। पश्चिम बंगालमा तृणमूल कंग्रेस सरकारको कथित भ्रष्टाचार, चोरी, हत्या, बलात्कार औ एसआईआरलाई लिएर “मिथ्याचार” -को विरोधमा भारतीय जनता पार्टी (भाजपा)-द्वारा गए शुक्रवार साँझ पश्चिम मेदिनीपुर जिल्लाको डेबरा ब्लक अन्तर्गत बैलासिनीको एक मैदानमा “परिवर्तन संकल्प” जनसभाको आयोजन गरियो।

यस जनसभामा राज्यका नेता प्रतिपक्ष शुभेन्दु अधिकारी विशेष रूपमा उपस्थित थिए। सभा अवधि राजनीतिक गल्लीहरूमा खैलाबैला मचाउने घटना भयो जतिबेला तृणमूल कंग्रेसका घाटाल सांगठनिक जिल्लाका उपाध्यक्ष अमल पाण्डाले तृणमूल छोड़ेर भाजपाको सदस्यता ग्रहण गरे। शुभेन्दु अधिकारी स्वयंले अमललाई भाजपामा स्वागत गरे। शुभेन्दुले अमलको हात समातेर जय श्री रामको नारा लगाउँदै उनलाई भाजपामा अभिनन्दन गरे।

अमल पाण्डालाई सबंग क्षेत्रमा “राजनीतिको चाणक्य”-को रूपमा मानिन्छ। उनलाई एक समयमा सबंगका पूर्व विधायक एवं मन्त्री डा. मानस भुइयाँको निकटवर्ती सहयोगी तथा दाहिने हात मानिन्थ्यो। उनी भाजपामा सामेल भएपछि सबंग सहित वरपरका क्षेत्रहरूको राजनीतिमा ठूलो बद्लाउ आउने अड़कलहरू तीव्र भएका छन्।

जनसभालाई सम्बोधन गर्ने क्रममा शुभेन्दु अधिकारीले तृणमूल सरकारमाथि चर्को हमला गर्दै भने, राज्यका जनता अब परिवर्तन चाहन्छन् र भाजपाले नै पश्चिम बंगाललाई भ्रष्टाचार तथा अराजकताबाट मुक्त गर्न सक्नेछ। उनले दाबी गरे, आगामी दिनमा अन्य धेरैजना प्रभावशाली नेताहरू तृणमूल छोड़ेर भाजपामा सामेल हुनेछन्।

अमल पाण्डाको यस कदमलाई आगामी राजनीतिक समीकरणको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande