
सिलचर (असम), 10 जनवरी (हि.स.)। कछार जिल्ला मुख्यालय शहर सिलचर थानाको पुलिसले गुप्त जानकारीको आधारमा अभियान संचालन गर्दै तीनजना ड्रग्स तस्करहरूलाई पक्राउ गरेको छ। कछार पुलिस अधीक्षक कार्यालयद्वारा आज दिइएको जानाकरी मुताविक गुप्त सूचना पाएर सिलचर थाना अधिनस्थ कचुड़ाराम पीटी-IV, गंगुली क्षेत्रमा एन्टी नारकोटिक्स अभियान चलाइयो जसमा आरोपीहरूबाट 1.357 किलोग्राम मर्फिन जफत गरियो।
यस सिलसिलामा तीनजना मानिसहरूलाई पक्राउ गरिएको छ जसको पिहचान रूहुल आलम लस्कर (41, कछार), मोइनुल हक लस्कर (53, कछार) औ सिराजुल हक (36, कछार)- को रूपमा गरिएको छ।
सिलचर पुलिसद्वारा यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी ड्रग्स तस्करसित सम्बन्धित कनेक्शनहरूको बारेमा पत्तो लगाउनको लागि कानूनी कारबाही शुरू गरिएको छ। साथै तीनजना आरोपीहरूसित गहन जाँचबुझ गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा