
भुवनेश्वर, 10 जनवरी (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले 'विश्व हिन्दी दिवस'-मा सबै हिन्दी प्रेमीहरूलाई शुभकामना दिएका छन्। धर्मेन्द्र प्रधानले सोशल मीडिा ह्याण्डलमा लेखे, 'विश्व हिन्दी दिवस'-मा सबै हिन्दी प्रेमीहरूलाई हार्दिक शुभकामना। हिन्दी सम्वादको माध्यम मात्र नभएर भारतको आत्मा, संवेदना तथा सांस्कृतिक एकताको अभिव्यक्ति पनि हो। यसको सरलता अनि व्यापकताले सदैव विविधताहरूले भरिएको भारतलाई भावनात्मक रूपमा जोड़ेर राखेको छ। आउनुहोस्, हिन्दीको सम्मान अनि प्रयोगलाई अझ सशक्त बनाउँदै आ-आफ्नो मातृभाषा तथा भारतको समृद्ध भाषागत धरोहरलाई समान आदर दिने संकल्प लिऔं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा