
शिमला, 10 जनवरी (हि.स.)। शिमला जिल्लाको रामपुर क्षेत्रमा पुलिसले गस्तीको क्रममा लागूऔषध जफत गरेको छ। पुलिस अनुसार, शुक्रवार साँझ कुरिधार क्षेत्रमा गस्तीको क्रममा चार जनादेखि 11.39 ग्राम हेरोइन जफत गरियो। पुलिसले लागू औषध कब्जामा लिएर कारबाही शुरू गऱ्यो।
पक्रा पर्नेहरुमा ननखडी शिमलाको हरविन्दर (39), वरुण मेहता (30), कोदर सिंह (39) र कोटखाईका 19 वर्षीय चिराग रहेका छन्।
पुलिस अनुसार, एनडीपीएस एक्टको धारा 21 र 29 अन्तर्गत रामपुर पुलिस स्टेशनमा यस सम्बन्धमा एफआईआर दर्ता गरिएको छ। डिटेक्शन सेल उपमण्डल रामपुरको अन्वेषण अधिकारी हेड कन्स्टेबल पियुष राजको उजुरीमा यो मुद्दा दर्ता गरिएको हो।
पुलिसले लागुऔषध आफ्नो कब्जामा लिएर अभियुक्तहरु विरूद्ध जाँच शुरू गरेको छ। हेरोइन कहाँबाट ल्याइयो र कहाँ पुर्याअउने हो भन्ने पत्तो लगाउने प्रयास भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी