
कोलकाता, 10 जनवरी (हि.स.)। तृणमूल कंग्रेस र राज्य सरकारको सल्लाहकार संस्था 'आइप्याक'- का प्रमुख प्रतीक जैनको लाउडन स्ट्रीटस्थित आवासमा प्रवर्तन निदेशालय (ईडी)-को खानतलासी पश्चात कोलकाता पुलिसले जाँचलाई तीव्रता दिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दर्ता सिकायतको आधारमा पुलिसले शनिवार गवाहहरूको बयान दर्ता गर्न तथा प्रमाण जुटाउने प्रक्रिया शुरू गरेको छ।
उल्लेखनीय छ, बिहिवार अवैध कोइला खनन मामिलामा ईडीका दुई वटा टीमहरूले लाउडन स्ट्रीट औ साल्टलेक सेक्टर-5 स्थित आइप्याकको कार्यालयमा एकसाथ छापा मारेका थिए। मुख्यमन्त्रीले यस कारवाहीलाई लिएर शेक्सपियर सरणी थाना औ सल्टलेकको इलेक्ट्रनिक कम्प्लेक्स थानामा अलग-अलग सिकायत दर्ता गराएकी थिइन्। उनको आरोप छ, केन्द्रिय एजेन्सीले पार्टीको चुनावी रणनीतिसित सम्बन्धित दस्तावेज अनि डेटा चोरी गर्ने प्रयास गरेको छ।
पुलिस सूत्र अनुसार शनिवार जाँच अधिकारीहरूले प्रतीक जैनको आवासमा तैनाथ सुरक्षाकर्मी तथा घरेलु सहायकहरूको बयान दर्ता गराए। पुलिसले यो पत्तो लगाउने चेष्टा गरिरेहको छ, ईडीका अधिकारी कुन समय घरमा आइपुगेका थिए, उनीहरूको संख्या कति थियो र खानतलासीको प्रक्रिया के थियो। यसपूर्व शुक्रवार पुलिसले आवासबाट सीसीटीभी फुटेज र डीभीआरलाई आफ्नो कब्जामा लिएको थियो।
विदित होसे, गत बिहिवार खानतलासी अवधि त्यसबेला तनाउ व्याप्त भएको थियो जतिबेला मुख्यमन्त्री ममता ब्यानर्जी स्वयं लाउडन स्ट्रीट पुगेकी थिइन्। उनले आरोप लगाएकी थिइन्, पुलिस अधिकारीहरूलाई आवासभित्र जानदेखि रोकियो अनि उनीहरूसित धक्का-मुक्का गरियो। मुख्यमन्त्रीले घटनास्थलमा पुगेर फाइल तथा ल्यापटप पनि जफत गरेकी थिइन्।
यस मामिलामेाकानूनी संघर्ष पनि शुरू भएको छ। ईडीले जाँचमा बाधा दिएको आरोप लगाउँदै कलकत्ता उच्च न्यायालयमा याचिका दर्ता गरेको छ भने तृणमूल कंग्रेसले पनि केन्द्रिय एजेन्सीविरूद्ध मामिला दर्ता गरेको छ। शुक्रवार न्यायमूर्ति शुभ्रा घोषको पीठमा यस मामिलाको सुनवाई हुनुथ्यो, तर न्यायालय कक्षमा कोकोहोलो मचिएको कारमले सुनवाईलाई आगामी 14 जनवरीसम्मको लागि स्थगित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा