केशियाड़ीमा वाहन लोडिङ अवधि भएको दुर्घटनामा व्यक्तिको ज्यान गयो
केशियाड़ीमा वाहन लोडिङ अवधि भएको दुर्घटनामा व्यक्तिको ज्यान गयो


केशियाड़ी, 10 जनवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाकोकेशियाड़ी प्रखण्ड अन्तर्गत केशियाड़ीबजारसमिपैअवस्थित एक साल पत्ताकोगोदाममा गएशुक्रवार राती लगभग साढ़े आठ बजे वाहन लोडिङ गर्दै गर्दा भएको दुर्घटनामा परी एकजना व्यक्तिको पीड़ादायी मृत्यु भयो। मृतकको पहिचानमनोज कुमार पानिया (48)-कोरूपमा भएको छ जो खड़िका माथानी निवासी थिए।

पुलिस एवं स्थानीय सूत्रअनुसार मनोज कुमार पानियाले वाहनमा साल पत्ता लोड गर्ने काम गरिरहेका थिए। यसै अवधि असावधानीवश तिनी वाहनबाट तल झरेर गम्भीर रूपमा घाइते भए। घटनापछि स्थानीय मानिसहरूले तत्कालै तिनलाई केशियाड़ी ग्रामीण अस्पातलमा पुऱ्याए जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

सूचना पाउनसाथ केशियाड़ी थाना पुलिस अस्पतालमा पुग्यो अनि शवलाई आफ्नो कब्जामा लियो। पुलिस अनुसार मृत्युको वास्तविक कारण पत्तो लगाउनको लागि शनिवार शवलाई पोस्टमर्टम गर्न खड़गपुर अनुमण्डल अस्पतालमा पठाइएको छ। मामिलाको जाँच भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande