घैयाबारीमा जारी फुटबल टुर्नामेन्टमा घैयाबारी एफसी क्वार्टर फाइनलमा प्रवेश
घैयाबारीमा जारी फुटबल टुर्नामेन्टमा घैयाबारी एफसी क्वार्टर फाइनलमा प्रवेश


खरसाङ, 10 जनवरी (हि.स.)। घैयाबारीमा भइरहेको नगद राशि फुटबल टुर्नामेन्टको आज पाँचौं खेलमा घैयाबारी एफसीले जित हासिल गरेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनको आयोजनामा गत 3 जनवरीदेखि जारी नगद राशि फुटबल टुर्नामेन्ट अन्तर्गत शनिवार घैयाबारी एफसी र पन्थाबारी एफसी बागडोगरामाझ खेल सम्पन्न भयो।

यस खेलको पहिलो हाफमा घैयाबारी एफसीको तर्फबाट जर्सी नम्बर 11 विशेष प्रधानले गोल गरेर आफ्नो दललाई बढत दिलाएका थिए। पहिलो हाफको खेल 1-0 को अन्तरमा समाप्त भयो। दोस्रो हाफको खेलमा पनि घैयाबारी एफसीको तर्फबाट जर्सी नम्बर 10 मोहित ढुंगानाले गोल गरेर खेल 2-0 को बढत दिलाए।

पन्थाबारी एफसीले गोल गर्ने धेरै प्रयास गरे तापनि गोल गर्न सकेन। यस खेलमा म्यान अफ् द म्याच घैयाबारी एफसीको जर्सी नम्बर 10 मोहित ढुंगनालाई चयन गरियो। यस टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले‌ सहभागिता जनाएका छन्। यस टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुनेछ। टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande