
कुचबिहार, 10 जनवरी(हि.स)। कुचबिहार नगरपालिकाकाचेयरम्यान रविन्द्रनाथ घोषले आफ्नो पदबाट राजीनामा दिएका छन्। शनिवार उनले महकुमा शासक (एसडीओ) गोविन्द नन्दीलाई आफ्नो राजीनामा सुम्पिए। तथापि उनको राजीनामाको पछाड़िको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। तर पछिल्लो केही दिनदेखिकै उनले पद त्याग्ने अड़कल लगाइँदैथ्यो।
रविन्द्रनाथ घोषको राजीनामापछि यो चर्चा चुलिएको छ कि कुचबिहार नगरपालिकाको नयाँ चेयरम्यानको रूपमा तृणमूल कंग्रेसको वार्ड नम्बर पाँचका पार्षद दिलीप साहालाई जिम्मेवारी सुम्पिन सक्छ। आगामी 13 जनवरीमाकुचबिहारमाअभिषेक ब्यनर्जीकोसभा प्रस्तावितछ। सूत्रानुसार त्यसपछि तृणमूल कंग्रेसले नयाँ चेयरम्यानको नाम घोषणा गर्नसक्छ।
उल्लेखनीय छ,2022सालकोकुचबिहार नगरपालिका चुनाउमातृणमूल कंग्रेसको जीत भएपछि वार्ड नम्बर- 8 बाट पार्षद चयनित रविन्द्रनाथ घोषलाई चेयरम्यान बनाइएको थियो। प्रारम्भिक दुई वर्षसम्म उनको कार्यकाल सामान्य रह्यो, तर वर्ष 2023-को पञ्चायत चुनाउदेखि नै पार्टीभित्र मतभेद हुन थाल्यो। आरोप छ, तृणमूलका जिल्ला अध्यक्ष एवं पार्षद अभिजीत दे भौमिकसित उनको सम्बन्धमा तनाउ उत्पन्न भएको थियो।
कुचबिहार शहरमाप्रोपर्टीट्याक्सवृद्धिलाई लिएर तृणमूलका जिल्लाध्यक्षले मुख्यमन्त्री समक्ष सिकायत गरेका थिए जसबाट शहरा ठूलो विवाद सृजना भएको थियो। त्यसपछि दुई नेताबीचको तनाउ झन् बढ़्यो। यसै तानातानबीच अन्ततः शनिवार घोषले राजीनाा दिएका छन्। यस सम्पूर्ण मामिलामा अहिलेसम्म रविन्द्रनाथ घोषको कुनै प्रतिक्रिया आएको छैन।
यतापार्टीकाप्रवक्ता पार्थप्रतिम रायले भने, रविन्द्र पार्टीका विश्वस्त कार्यकर्ता तथा मुख्यमन्त्री ममता ब्यनर्जीका भरोसा योग्यका सिपाही हुन्। पार्टीको निर्देशलाई सम्मान गर्दै उनले कुचबिहार नगरपालिकाको चेयरम्यान पदबाट राजीनामा दिएका छन्। पार्टीले अब जुन जिम्मेवारी दिन्छ, त्सलाई उनले पूर्ण निष्ठाको साथमा निर्वाह गर्नेछन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा