हिन्दी वैश्विक पटलमा भारतको बढ़्दो गौरवको प्रतिध्वनि हो: रेखा गुप्ता
हिन्दी वैश्विक पटलमा भारतको बढ़्दो गौरवको प्रतिध्वनि हो: रेखा गुप्ता


नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हिन्दी दिवसको शुभकामना दिँदै भनिन्, हिन्दी वैश्विक पटलमा भारतको बढ़्दो गौरवको प्रतिध्वनि हो।

मुख्यमन्त्रीले आज सोशल मीडिया पोस्टमा भनिन्, हिन्दी हाम्रो अभिव्यक्तिको सशक्त माध्यम हुनको साथै हाम्रो चिन्तनको गहिराई तथा वैश्विक पटलमा भारतको बढ़्दो गौरवको प्रतिध्वनि हो। उनले भनिन्, हिन्दी त्यो सेतु हो जसले हाम्रो पारम्परिक मेधालाई आधुनिक नवाचारहरूसित जोड़्दै हामीलाई विश्व नागरिकको रूपमा विशिष्ट पहिचान प्रदान गर्छ।

मुख्यमन्त्रीले भनिन्, यस विशेष दिनमा आफ्नो भाषाको गौरवको रक्षा गर्नु हाम्रो सामूहिक दायित्व हो। हिन्दीलाई जन-जनकोवाणी बनाउने तथा यसलाई वैश्विक शोध एवं सम्वादको मुख्यधारामा प्रतिष्ठित गर्ने संकल्प लिऔं।

यसरी नै हिन्दी दिवसको अवसरमा दिल्ली सरकारमा शिक्षा मन्त्री आशिष सूद, लोक निर्माण विभागका मन्त्री प्रवेश साहिब सिंह, समाज कल्याण मन्त्री रविन्द्र इन्द्राज सिंहले पनि सोशल मीडियाको माध्यमबाट सबैलाई हिन्दी दिवसको शुभकामना दिँदै भने, हिन्ही हाम्रो सांस्कृतिक पहिचान,भावनाहरूको अभिव्यक्ति तथा राष्ट्रको एकताको सशक्त माध्यम हो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande