
हावड़ा, 10 जनवरी (हि.स.)। हावड़ा जिल्लाको सांकरेल थाना अन्तर्गत धूलागढ़ मोड़ नजिक राष्ट्रिय राजमार्ग संलग्न सर्भिस रोडमा गए शुक्रवार राती बागनान तर्फ गइरहेको एउटा तेल ट्याङ्करमा अचानक आगो लाग्यो। यसै अवधि उक्त सड़क भएर गइरहेको चार वटा लरी र एउटा बस पनि आगोको चपेटमा पऱ्यो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि एउटा-एउटा गर्दै सबै वाहनहरू जलेर खरानी भयो। आगोलाई देखेर वरपरका मानिसहरू घटनास्थलमा पुगे। तुरून्तै पुलिसलाई सूचना दिइयो।
खबर पाउनसाथ सांकरेल थानाको पुलिस, ट्राफिक पुलिर तथा दमकल विभागका चारवटा वाहनहरू घटनास्थलमा पुगे। दमकलकर्मीहरूले लगभग डेढ़ घण्टासम्म परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। यस घटनाको कारणले सर्भिस रोडमा लामो समयसम्म यातायात पूर्ण रूपले बन्द रह्यो।
पुलिस र दमकल सूत्र अनुसार आगको चपेटमा परेर चार वटा लरी र एउटा बस जलेर पूर्ण रूपमा नष्ट भयो। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको खबर छैन। पछि जल्दै गरेका वाहनहरूलाई सड़कबाट हटाएर सड़कमका यातायातलाई सुचारू बनाइयो।
हावड़ा सिटी पुलिसका आयुक्त प्रवीण कुमार त्रिपाठीले भने, “तेल ट्याङ्करबाटै यो दुर्घटना भएको हो। तर समयमै आगोलाई नियन्त्रण गरियो।”
हाल आगलागीको कारण पत्तो लगाउन सांकरेल थानाको पुलिसले जाँच गरिरहेको छ। स्थानीय मानिसहरूको भनाइ छ, जसरी वाहनहरू एकपछि अर्को गर्दै जलिरहेका थिए, त्यसबाट क्षेत्रमा भय व्याप्त भएको थियो। तर दमकल विभागको तत्परतामा ठूलो दुर्घटना हुनदेखि बच्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा