शिलान्यास भएको पाँच वर्षपछि पनि अधुरै छ मनसुका भगवती पुल, प्रशासनको चेताउनी अप्रभावी
शिलान्यास भएको पाँच वर्षपछि पनि अधुरै छ मनसुका भगवती पुल, प्रशासनको चेताउनी अप्रभावी


पश्चिम मेदिनीपुर, 10 जनवरी (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको घाटाल अन्तर्गत झूम नदीमाथि निर्माणाधिन मनसुका भगवती पुल पाँच वर्ष बितिसक्दा पनि उद्घाटनको आशमा बसिरहेको छ। वर्ष 2021-को जनवरी महिनामा भव्य समारोहबीच शिलान्यास भएको यस परियोजनाको निर्माण कार्य वर्ष 2026 सम्म आइपुग्दा पनि शुरू हुन सकेको छैन। वर्तमानमा जमीन विवादको कारणले अण्डरपास औ एप्रोच रोडको निर्माण थाँतीमा रहेको छ।

​प्राप्त जानकारी अनुसार 22 जनवरी, 2021-मा तत्कालीन पञ्चायत मन्त्री सुब्रत मुखर्जीले यस पुलको शिलान्यास गरेका थिए। त्यसको 20 दिनपछि 12 फरवरीमा तत्कालीन विधायक शंकर दोलुईको उपस्थितिमा पुनः नरिवल फुटाएर निर्माण कार्य शुरू गर्ने दाबी गरिएको थियो। त्यसताक चुनावी माहोलमा 'खेला होबे'- का नारहरूबीच ठूलो उत्सव मनाइयो, तर धरातलमा स्थिति यसको विपरित रह्यो।

​परियोजनाको शुरुआतमा यसको अनुमानित लागत 18 कड़ोर रुपियाँ राखिएको थियो भने ठेकादार संस्थालाई डेढ़ वर्षभित्रमा काम पूरा गर्ने निर्देश दिइएको थियो। तर समयसँगसँगै परियोजनाको डीपीआर मात्र परिणत नभएर यसको लागतमा पनि वृद्धि भयो। कार्यको अत्यन्त मन्द गतिलाई मध्यनजर गर्दै तत्कालीन जिल्लाधिकारीहरूले कैयौं पटक कड़ा कदम उठाए। नोभेम्बर, 2022-मा तत्कालीन जिल्लाधिकारी आयशा रानी तथा नोभेम्बर, 2023-मा जिल्लाधिकारी खुर्शिद अली कादरीले ठेकादार संस्थालाई 'ब्ल्याक लिस्ट' गर्ने चेताउनी समेत दिए, तर प्रशासनिक कड़ाईको कुनै ठोस परिणाम हात लाग्न सकेन।

​सूत्रको भनाइ छ, पुल निर्माणमा भइरहेको ढिल्याईको पछाड़ि स्थानीय समीकरणले पनि काम गरिरहेको छ। पुल नभएको कारणले झूम नदीको दुवै किनारमा फेरी (नौका) सेवाहरूको वर्चस्व कायम छ जसबाट पञ्चायतलाई राजस्व त प्राप्त हुन्छ, तर आम जनतालाई प्रतिनिधिन आर्थिक बोझ सहनु पर्छ। स्थानीय मानिसहरूको आरोप छ, एक विशेष वर्गलाई लाभ पुऱ्याउने उद्देश्यले पुलको कार्यमा ढिल्याई भइरहेको छ।

​वर्तमान स्थिति यो छ, पुलको लगभग एक-तिहाई काम अहिले पनि बाँकी छ। पाँच वर्षपूर्व गरिएको वाचा अब जनताको लागि एउटा प्रश्न बनेर उभिएको छ कि आखिर यस पुलको उद्घाटन कहिल्यै होला?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande