राज्यमा सात दिन वा योभन्दा अधिक दिनसम्म स्कूलमा अनुपस्थित रहे घरमै गएर जाँच गर्न अनिवार्य
राज्यमा सात दिन वा योभन्दा अधिक दिनसम्म स्कूलमा अनुपस्थित रहे घरमै गएर जाँच गर्न अनिवार्य


भुवनेश्वर, 10 जनवरी (हि.स.)। बाल अधिकारहरूको सुरक्षा सुनिश्चित गर्न तथा स्कूलहरूमा धेरै दिनसम्म अनुपस्थित रहनेमाथि लगाम लगाउने उद्देश्यले ओडिशा प्राथमिक शिक्षा निदेशालय (डीईई)- ले स्कूल प्राधिकरणहरूलाई महत्वपूर्ण निर्देश जारी गरेको छ। यस अन्तर्गत यदि कुनै विद्यार्थी सात दिन वा योभन्दा अधिक दिनसम्म स्कूलमा अनुपस्थित रहे शिक्षक अथवा स्कूल अधिकारीहरूले उसको घरमै गएर स्थितिको जानकारी लिनुपर्नेछ।

डीईईद्वारा जारी आधिकारिक अधिसूचना अनुसार सबै जिल्ला शिक्षा अधिकारी (डीईओ)-हरू औ प्रखण्ड शिक्षा अधिकारी (बीईओ)-हरूलाई यस निर्देशको तत्काल क्रियान्वयनलाई सुनिश्चित गर्न भनिएको छ। यो निर्देश ओडिशा राज्य बाल अधिकार संरक्षण आयोग (ओएससीपीसीआर)-बाट प्राप्त पत्राचार पश्चात जारी गरिएको हो।

पत्रमा सभी डीईओ औ बीईओलाई निर्देश दिइएको छ, उनीहरूले आफ्नो स्तरमा तत्काल आवश्यक कदम उठाउन्। नयाँ निर्देशानुसार सात दिनभन्दा अधिक समयसम्म अनुपस्थित रहने कुनै पनि विद्यार्थीको घरमा गएर उसको अनुपस्थितिको कारण पत्तो लगाउन अनि उपयुक्त सुधारात्मक कदम उठाउनु अनिवार्य हुनेछ।

यस निर्देशको जानकारी औपचारिक रूपमा ओडिशा राज्य बाल अधिकार संरक्षण आयोगका अध्यक्ष तथा स्कूल एवं जनशिक्षा विभागका अतिरिक्त सचिवलाई पनि दिइएको छ।

अधिकारीहरू अनुसार यस पहलको उद्देश्य स्कूल छोड़्ने प्रवृत्तिलाई रोक्नु, विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नु तथा धरातलीय स्तरमा निगरानी व्यवस्थालाई अझ सशक्त बनाउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande