
गान्तोक, 10 जनवरी (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा केन्द्रिय कानून तथा न्याय राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवालसँग भेट गरेका छन्। उनले केन्द्रिय राज्यमन्त्रीसंग भेट गर्ने अवसर पाएकोमा सम्मानित महसुस गरेको बताउँदै नयाँ वर्षको शुभकामना दिएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त जानकारी गराएका छन्। उनले भेटका क्रममा केन्द्रिय राज्यमन्त्री मेघवाललाई नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै उनको उत्तम स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्।
मुख्यमन्त्रीले भेटघाट अत्यन्त सौहार्दपूर्ण तथा रचनात्मक रहेको उल्लेख गरेका छन्, जसमा सुशासन सुदृढीकरण, न्यायमा सहज पहुँच विस्तार, न्याय वितरण प्रणालीलाई अझ सशक्त बनाउने तथा समावेशी विकासलाई प्रवर्द्धन गर्ने विषयमा साझा प्रतिबद्धता झल्किएको बताएका छन्। उनले यस अवसरमा मेघवाललाई सिक्किम भ्रमणका लागि निमन्त्रणा दिएको पनि बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल