तुर्कमान गेट क्षेत्रमा भएको ढुङ्गामुड़ाकाण्डः थप तीन आरोपी पक्राउ
तुर्कमान गेट क्षेत्रमा भएको ढुङ्गामुड़ाकाण्डः थप तीन आरोपी पक्राउ


नयाँ दिल्ली, 10 जनवरी (हि.स.)। मध्य जिल्लाको तुर्कमान गेटक्षेत्रमा भएको ढुङ्गामुड़ा मामिलामा थप तीनजा आरोपीहरूलाई पक्राउ गरिएको छ। यी आरोपीहरूको पहिचान मो. नावेद (44), मो. फ़ैज़ (20)र मो. उबैदुल्ला (23)-कोरूपमा भएको छ। यसको साथै यस मामिलामा अहिलेसम्ममा पक्रा पर्ने आरोपीहरूको संख्या बढ़ेर 16 पुगेको छ।

मध्य जिल्लाका पुलिस उपायुक्त निधिन वलसनको भनाइ छ, हिंसा भड़्किनुको कारण सोशल मीडियामा फैलाइएको भ्रामक तथा झुटो जानकारी थियो। यसै सिलसिलामा पुलिसले एकजना महिला सोशल मीडिया ‘इन्फ्लुएन्सर’-लाई जाँचबुझको लागि समन जारी गरेको छ। योकारबाही ती 10 वटा सोशल मीडिया अकाउन्ट्सलाई चिन्हित गरेपछि गरिएको हो जसले कथित रूपमा यो अफवाह फैलाएका थिए- अदालतको आदेशमा संचालित अतिक्रमण विरोधी अभियान अवधि तुर्कमान गेट नजिकै अवस्थित फैज-ए-इलाही मस्जिदलाई ध्वस्त बनाइदियो।

पुलिस अधिकारीले बताए, सोशल मीडिया मनिटरिंग टीमले एउटा भीडियोका आधारमा महिलालाई बोलायो जसमा उसले यो दाबी गरेकी थिई, मस्जिदलाई रामलीला मैदान क्षेत्रमा भत्काइएको छ। जाँचमा यो सामग्रीलाई भ्रामक तथा तथ्यात्मक रूपमा गलत पाइयो। हाल तुर्कमान गेट नजिक अतिक्रमण हटाइएको क्षेत्रबाट अवशेषहरूलाई हटाउने काम जारी छ र घटास्थलमा पर्याप्त मात्रामा सुरक्षा बललाई तैनाथ गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande