
कोलकाता, 10 जनवरी (हि.स.)। गुप्त सूचनाको आधारमा ब्यारकपुर पुलिस कमिश्नरेटको गुप्तचर विभाग (डीडी) औ न्यू ब्यारकपुर थाना पुलिसको संयुक्त टीमले सोदपुर–माध्यमग्रामको रोड किनार साजिरहाट क्षेत्रमा छापा मारेर 37 किलो 12 ग्राम गाँजा सहित दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ।
शनिवार पुलिसद्वारा दिइएको जानकारी अनुसार अभियान अवधि एउटा संदिग्ध वाहनलाई रोकेर जाँच गरियो जसमा 37 किलो 12 ग्राम गाँजा जस्तो प्रतिबन्धित मादक पदार्थ भेटियो। त्यसपछि घटनास्थलबाट दुईजना युवकहरूलाई हिरासतमा लिइयो जसको पहिचान प्रसेनजीत बर्मन (28), अयूब अली (22)- को रूपमा भएको छ भने दुवै कुचबिहार जिल्लाका निवासी हुन्।
एनडीपीएस अधिनियमका प्रावधानहरू अन्तर्गत सबै आवश्यक कानूनी औपचारिकता पूरा गर्दै पुलिसले उक्त गाँजा र वाहनलाई जफत गरेको छ। यस सिलसिलामा न्यू ब्यारकपुर थानाको पुलिसले एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिस अब यो पत्तो लगाउन जुटेको छ कि गाँजा कहाँबाट ल्याइएको थियो र यसलाई कहाँ सप्लाई गर्नुथ्यो। साथै यस तस्करीको नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको पनि खोजी गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा