फकिराग्राम परिषदीय क्षेत्रमा टीसीएलसीसी र भीसीडीसीको नियुक्ति पत्र वितरित
फकिराग्राम परिषदीय क्षेत्रमा टीसीएलसीसी र भीसीडीसीको नियुक्ति पत्र वितरित


कोकराझार (असम), 10 जनवरी (हि.स.)। बोडोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ) नेतृत्वाधिन बीटीसी परिषदीय सरकार अन्तर्गत फकिराग्राम परिषदीय क्षेत्रमा टीसीएलसीसी तथा छः भीसीडीसीका अध्यक्ष एवं सदस्य/सदस्याहरूलाई नियुक्ति पत्र वितरण गरियो। फकिराग्राम बीपीएफ ब्लक कार्यालयमा अध्यक्ष एवं पार्षद एजामुल हकको अध्यक्षतामा बितेको शुक्रवार अबेर साँझ आयोजित बैठकमा टीसीएलसीसी तथा छः भीसीडीसीका अध्यक्ष औ सदस्य/सदस्याहरूलाई नियुक्ति पत्र प्रदान गरियो।

टीसीएलसीसी, अध्यक्षका रूपमा पार्षद एजामुल हकलाई नियुक्त गरियो भने चिथिला भीसीडीसीका अध्यक्षका रूपमा करेण राय, बरुवापारा भीसीडीसीका अध्यक्षका रूपमा साहिल अहमद, फकिराग्राम भीसीडीसीका अध्यक्षका रूपमा सहिदुल इस्लाम, शक्तिआश्रम भीसीडीसीका अध्यक्षको रूपमा रामिस अञ्जुम, जयपुर भीसीडीसीका अध्यक्षका रूपमा विक्की मोल्ला तथा कालझार भीसीडीसीका अध्यक्षका रूपमा रफिजुद्दीन शेखलाई नियुक्ति पत्र सुम्पिइयो।

बैठकमा फकिराग्राम ब्लक समितिका महासचिव पुलकेश राय, बीपीएफ अल्पसंख्यक प्रकोष्ठका केन्द्रिय अध्यक्ष सुल्तान आलम सहित प्राथमिक स्तरका अध्यक्ष–सचिव तथा विभिन्न स्तरहरूका पार्टी नेता तथा कार्यकर्ता उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande