कोलकाता सहित बंगाला फेरि बढ़्यो चिसो, घट्यो तापमान
कोलकाता सहित बंगाला फेरि बढ़्यो चिसो, घट्यो तापमान


कोलकाता, 10 जनवरी (हि.स.)। शहरमा गत दुई दिनसम्म न्यूनत तापमानमा सामान्य वृद्धि देखिए पनि गए शुक्रवार राती फेरि जाड़ो बढ़्यो। गत बिहवार राती कोलकाताको न्यूनतम तापमान 12.1 डिग्री सेल्सियस दर्ता गरिएको थियो भने शुक्रवार राती घटेर 11.5 डिग्री सेल्सियसमा पुग्यो। यो तापमान सामान्य स्तरभन्दा लगभग 2.5 डिग्री सेल्सियस कम हो। त्यसरी नै शुक्रवार अधिकतम तापमान 22.6 डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा 2.1 डिग्री सेल्सियस कम हो।

मौसम विभागको पूर्वानुमान अनुसार मकर संक्रान्तिसम्म सारा बंगालमा जाड़ोको प्रभाव कायम रहनेछ। उत्तर एवं दक्षिण बंगालका केही जिल्लाहरूमा बिहानी पख घना कुहिरो देख्न पाइनेछ जसबाट दृश्यता कम हुने आशंका छ। तर दिन बढ़्दै गएपछि आकाश सफा र घमाइलो मौसम रहनेछ। चिसो हावाको कारणले उत्तर एवं दक्षिण 24 परगना, मुर्शिदाबाद औ नदिया जिल्लामा जाड़ोको ‘रियल फील’ दर्ता तापमानभन्दा कम महसूस हुनेछ।

गंगासागर मेलामा जाने तिर्थ यात्रीहरूको लागि बिहानको समय घना कुहिरो लाग्ने हुनाले विशेष चेताउनी जारी गरिएको छ। कुहिरोको कारणले काकद्वीप–कचुबेरिया फेरी औ वेसल सेवा बाधित हुने सम्भावना व्यक्त गरिएको छ।

उत्तर बंगालमा पनि चिसोको प्रभाव यथावत रहनेछ। कुचबिहार तथा दुवै दिनाजपुर जिल्लामा जाड़ो वास्तविक तापमानभन्दा कम महसूस हुनेछ। यसको साथै दार्जीलिङ, जलपाईगुड़ी, कुचबिहार तथा उत्तर दिनाजपुरमा घना कुहिरोलाई लिएर अलर्ट जारी गरिएको छ।

मौसम विभाग अनुसार आगामी एक हप्तासम्म कोलकाताको तापमानमा त्यति बद्लाउ आउने सम्भावना छैन। राती तापमान 10-13 डिग्री सेल्सियसबीच रहननेछ। न्यूनतम आगामी चार दिनसम्म दिन र रात दुवैको तापमान सामान्यभन्दा तल नै रहनेछ। बिहान कुहिरो अनि चिसो हावाको कारणले जाड़ोको अनुभूति अधिक हुनेछ तथापि दिउँसो आकाश सफा रहनेछ। मौसम शुष्कता कायम रहनेछ र वर्षा हुने सम्भावना छैन।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande