दुनियाँकै सबैभन्दा विशाल शिवलिंग स्थापनाको निम्ति द्रूत गतिमा तयारी भइरहेको छ
दुनियाँकै सबैभन्दा विशाल शिवलिंग स्थापनाको निम्ति द्रूत गतिमा तयारी भइरहेको छ


पूर्वी चम्पारण, 10 जनवरी (हि.स.)। जिल्लाको कल्याणपुर प्रखण्डस्थित कैथवलियामा निर्माणाधिन विराट नारायण मन्दिरमा आगामी ़5 जनवरीको दिन विश्वकै सबैभन्दा अग्लो शिवलिंगको स्थापनालाई लिएर तयारी युद्ध स्तरमा भइरहेको छ।

यस अवसरमा कैलाश-मानसरोवर, गंगोत्री, यमुनोत्री समेत केही पवित्र नदीहरूको जलले भगवान भोलेनाथको यस अद्भूत शिवलिंगको अभिषेक गरिनेछ साथै लगभग एक लाखभन्दा अधिक श्रद्धालुहरूसँगसँगै देशका विभिन्न राज्यहरूबाट साधु-सन्तहरू जुट्ने सम्भावना छ। शिवलिंगलाई स्थापना गर्नको लागि भोपालबाट 750 टन क्षमता भएको दुई वटा विशाल क्रेनलाई मगाइएको छ भने यो क्रेन 15 जनवरीसम्ममा क्याथवलियामा आइपुग्नेछ। यसैको सहयोगले शिवलिगलाई स्थापना गरिनेछ।

पटना हनुमान मन्दिरका सचिव सायन कुणालले बताए, शिवलिंग स्थापनाको लागि हरिद्वार र पटनाबाट विशेष आचार्यहरूलाई बोलाइएको छ। विधि-विधान तथा वैदिक मन्त्रोच्चारणको साथमा पूजा-अर्चना गरिएपछि शिवलिंगको प्राण-प्रतिष्ठा गरिनेछ। त्यसपछि देशका प्रमुख नदीहरूबाट ल्याइएको पवित्र जललाई हेलिकप्टरको माध्यमबाट शिवलिंगमा अर्पण गरिनेछ। शिवलिंगलाई स्थापना गरिएपछि शिवलिंग बनाउने तमिलनाडुका शिल्पकारहरूको पूजा गरिनेछ। यसको पनि तयारी भइरहेको छ। शिवलिंग स्थापना अवधि हेलिकप्टरबाट फूलहरूको वर्षा गरिनेछ। शिवलिंग स्थापनाको लागि पूजा कार्यक्रम बिहान 8 बजेदेखि शुरू हुनेछ जुन 10 बजेसम्म जारी रहनेछ।

सम्भवतः शिवलिंग स्थापना समारोहमा बिहारका राज्यपाल, मुख्यमन्त्री नीतीश कुमार, दुवै उपमुख्यमन्त्रीहरू पनि सामेल हुनेछन्। शिवलिंग निर्माण गर्ने कम्पनी के विनायक भेकटरमण अनुसार यस शिवलिंगको निर्माणमा लगभग 3 कड़ोर रुपियाँ खर्च भएको छ। यो विशाल शिवलिंगलाई एउटै ग्रेनाइट ढुङ्गाबाट बनाइएको छ जसको उचाई 33 फुट र वजन 210 मेट्रिक टन रहेको छ। तमिलनाडुको महाबलीपुरमको पट्टीकाडु गाउँमा बितेको दश वर्षदेखिको यो विशाल शिवलिंगको निर्माण कार्य भइरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande