कोकराझार सदर थाना घेराउ, सड़क जाम
कोकराझार सदर थाना घेराउ, सड़क जाम


-एक मानसिक रूपमा विक्षिप्त युवतीसित दिउँसै दुष्कर्म भएको घटनालाई लिएर कोकराझार सदर शहरमा व्यापक तनाउ

कोकराझार (असम), 10 जनवरी (हि.स.)। कोकराझार जिल्ला शहरको पाथरघाट क्षेत्रमा आज बिहान एकजना मानसिक रूपमा विक्षिप्त युवतीसित दिउँसै दुष्कर्म भएको घटनाको विरोधमा साँझ स्थानीय मानिसहरूले कोकराझार सदर थानालाई घेरेर सड़क जाम गरे जसबाट माहोल उत्तेजित भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसले प्रयास गरिरहेको छ।

प्रदर्शनकारीहरूले आरोपीलाई कड़ा सजाय दिने तथा उसलाई जनतालाई सुम्पिदिने मागमा कोकराझार थाना सामु विरोध प्रदर्शन गरे। आक्रोशित मानिसहरूले दुष्कर्मका आरोपीलाई जिउँदै जलाउने अथवा फाँसीको सजाय दिने चेताउनी पनि दिए। यसै अवधि प्रदर्शनकारीहरूले थाना अगाड़ि सड़कमा बसेर कोकराझार-बिलासीपाड़ालाई जोड़्ने मुख्य सड़कलाई अवरूद्ध गरी तीव्र विरोध गरे।

उल्लेखनीय छ, शनिवार बिहान कोकराझार शहरको पाथरघाटमा रफिकुल इस्लाम नामक व्यक्तिले क्षेत्रकै एकजना मानिसक रूपमा विक्षिप्त युवतीसित दुष्कर्म गऱ्यो। धुबड़ी जिल्लाको चापर निवासी रफिकुल इस्लाम पाथरघाटमा असम एजेन्सीको सड़क निर्माण परियोजनामा श्रमिकको रूपमा कार्यरत थियो। पाथरघाटमै शिविर बनाएर बस्दै आएको रफिकुल इस्लामले शनिवार बिहान सड़कमा घुमिरहेकी आफ्ना माता-पितादेखि वञ्चित मानसिक रूपमा विक्षिप्त युवतीलाई फकाई-फुस्लाई आफ्नो शिविरमा लगेर उसित दुष्कर्म गऱ्यो।

घटनाबारे जानकारी पाएपछि कोकराझार पुलिसको टीम घटनास्थलमा पुग्यो अनि आरोपी रफिकुललाई हिरासतमा लिएर थानामा लग्यो। पुलिस उत्तेजित मानिसहरूलाई सम्झाएर स्थितिलाई सामान्य बनाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande