मुख्यमन्त्री स्वर्ण कप: सिङलिङ स्पोर्टिङ क्लबद्वारा पञ्जाब पुलिस पराजित
मुख्यमन्त्री स्वर्ण कप


नाम्ची, 10 जनवरी (हि.स.)। जोरथाङ फुटबल स्टेडियममा चलिरहेको प्रतिष्ठित 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिताको आज छैटौं दिन सिङलिङ स्पोर्टिङ क्लब, सिक्किम र पञ्जाब पुलिस, जालन्धरबीच खेल सम्पन्न भयो। यस खेलमा पञ्जाब पुलिसलाई 2-0 ले पराजित गरेर सिङलिङ स्पोर्टिङ क्लब अर्को चरणमा प्रवेश गऱ्यो। प्रतिद्वन्दी दल पञ्जाब पुलिसका खेलाडी कमलदीपलाई म्यान अफ् द म्याच चयन गरियो।

आज स्टेट ब्याङ्क अफ् ​सिक्किमका अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि तथा सोरेङ जिल्लाका जिल्ला अध्यक्ष तिलारुपा गुरुङ र मुद्रण एवं स्टेशनरी विभागकी सल्लाहकार पेमपोकी भोटिया विशिष्ट अतिथि थिए।

यस फुटबल टुर्नामेन्टको आयोजना जोरथाङ फुटबल संघले राज्य खेलकुद एवं युवा मामिला विभाग, सिक्किम फुटबल संघ र माघे संक्रान्ति मेला 2026 आयोजक समितिको संयुक्त तत्वावधानमा गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande