
मुम्बई, 10 जनवरी (हि.स.)। मुम्बईको गोरे गाउँ वेस्टस्थित भगत सिंह नगरमा एउटा घरमा शनिवार सबेरै आगलागी भएको कारण एउटै परिवारका तीन जना सदस्यहरूको मृत्यु भयो। मृतकहरूमा दुई जना पुरूष र एक जना महिला सामेल छन्। फायर ब्रिगेडको टीमले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो।
घटनाको जाँच गरिरहेका अधिकारीले बताए, भगत सिंह नगरस्थित एउटा घरमा सबेरै लगभग 3 बजी अचानक आगो लागेको थियो। घरमा पिता आफ्ना दुई जना नानीहरूलाई लिएर सुतेका थिए भने पत्नी रात्रिकालीन शिफ्टमा काममा गएकी थिइन्।
घटनाबारे जानकारी पाउनसाथ फायर ब्रिगेडको टीम घटनास्थलमा पुग्यो अनि तीनै जनालाई तत्काल ट्रमा केयर हस्पिटलमा पुऱ्यायो जहाँ डाक्टरहरूले तीनै जनालाई मृत घोषित गरिदिए। मृतकहरूको पहिचान संजोग पावस्कर (48), उनकी छोरी हर्षदा पावस्कर (19) र उनका छोरा कुशल पावस्कर (12)- को रूपमा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा